
विराटनगर । मोरङमा आज सद्भाव र्याली निकालिने भएको छ । जिल्लामा सामाजिक र धार्मिक सद्भाव कायम राख्न आज दिउँसो ३ बजे सद्भाव र्याली निकाल्न लागिएको हो ।
सद्भाव र्यालीमा सहभागि हुन सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक तथा सामाजिक संघसंस्था, सञ्चारकर्मी युवा, व्यापारिक वर्ग, विभिन्न धार्मिक समुदाय लगायत आम नागरिकलाई जिल्ला प्रशासन कार्यालय मोरङले आग्रह गरेको छ ।
विराटनगरस्थित महेन्द्र चोकबाट सुरु हुने र्याली ट्राफिक चोक, पञ्चमुखी हनुमान मन्दिर, वडा प्रहरी कार्यालय (क) हुँदै जिल्ला प्रशासन कार्यालय अगाडि आएर कोण सभामा परिणत हुनेछ ।

संगालोखबर 













