विराटनगर । आज सुनको मूल्य बढेको छ । लगातार दुई दिनसम्म स्थिर रहेको सुनको मूल्य आज प्रतितोला पाँच सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ५२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार एक लाख ५२ हजार रुपैयाँमा कारोबार भएको सुन सोमबार र मंगलबार पनि सोही मूल्यमा कारोबार भएको थियो । शुक्रबार एक लाख ५३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन आइतबार एक हजार पाँच सय रुपैयाँले घटेको थियो ।
आज चाँदीको मूल्य भने यथावत छ । आज चाँदी प्रतितोला एक हजार आठ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । चाँदी मंगलबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
आइतबार एक हजार आठ सय १० रुपैयाँमा कारोबार चाँदी सोमबार एक हजार आठ सय १० रुपैयाँमा कारोबार भएको थियो ।