विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । बुधबार प्रतितोला पाँच सय रुपैयाँले बढेको सुनको मूल्य आज आठ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला एक लाख ५२ हजार पाँच सय रुपैयाँमा कारोबार भएका थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर एक हजार आठ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार आठ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।