संगालोखबर


विराटनगर । मोरङको सीडीओ प्रेम प्रसाद भट्टराईको सरुवा भएको छ । उनलाई गृह मन्त्रालय तानिएको छ । गृह मन्त्रालयले मोरङको सीडीओमा इन्द्रदेव यादवलाई पठाउने भएको छ ।

यसैगरी सुनसरीका सीडीओ रामचन्द्र तिवारीको गृह मन्त्रालय सरुवा भएको छ । झापाका सीडीओ बन्धुप्रसाद बास्तोलाको गृह मन्त्रालय र सर्लाहीका भिडिओ गोपालकुमार अधिकारीको झापा सरुवा भएको छ ।

Advertisement

काठमाडौंका सीडीओ जयनारायण आचार्यको गृह मन्त्रालयमा र कैलालीका सीडीओ धर्मेन्द्रकुमार मिश्रको सुनसरी सरुवा भएको छ । सल्यानका सीडीओ शम्भु प्रसाद रेग्मीको गृह मन्त्रालय सरुवा भएको छ ।

गृह मन्त्रालयका सहसचिव गोगनबहादुर हमाल कैलालीको सीडीओमा सरुवा हुँदा तुलसीबहादुर श्रेष्ठ सर्लाहीको सीडीओ, ऋषिराम तिवारी काठमाडौंको सीडीओमा सरुवा भएका छन् । दाङका सहायक सीडीओ शावित्रा पुनको प्रमुख जिल्ला अधिकारीको रुपमा सल्यान सरुवा भएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!