संगालोखबर


सप्तरी । पैसा दोब्बर बनाइदिने भन्दै ठगी गरिरहेको आरोपमा पक्राउ परेका एक जनालाई सप्तरी प्रहरीले आज सार्वजनिक गरेको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-७ का ४४ वर्षीय हनुमानी भन्ने रामबहादुर रजकलाई प्रहरीले पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो ।

रजक माथि ठगी  तथा आपराधिक विश्वासघात कसुरमा मुद्दा चलाइएको सप्तरी प्रहरीका प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए । उनका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खतिवडाले बताए ।

Advertisement

अन्य ठगीमा परेका व्यक्तिहरू भए उजुरी दिन समेत उनले आग्रह गरेका छन् । रजकले पहिला सानो रकम लिने र दोब्बर गरिदिने अनि पछि ठूलो रकम लिएर ठगी गर्ने गरेको खुलेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!