आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
विराटनगर । आज पनि सुनको मूल्य बढेको छ । बुधबार प्रतितोला चार सय रुपैयाँले बढेको सुनको मूल्य आज एक हजार दुई सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ५६ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला एक लाख ५५ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
मङ्गलबार सुन प्रतितोला एक लाख ५५ हजार रुपैयाँमा कारोबार भएको भने सोमबार एक लाख ५५ ह...































