
विराटनगर । धनुषाको जनकपुरस्थित सहरी क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । दुई समुदायबीचको तनाव बढेपछि आज दिउँसो साढे ३ बजेदेखि लागू हुनेगरि कर्फ्यु आदेश जारी भएको हो ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम जनकपुरस्थित सहरी क्षेत्रमा कर्फ्यु आदेश जारी भएको हो । कर्फ्यु आदेश जारी भएको क्षेत्रमा कसैले आवतवावत गर्न, भेला हुन, जुलुस, प्रदर्शन, सभा र घेराउ गर्न रोक लगाइएको छ ।
कोही कसैबाट आदेश उल्लंघन भएमा प्रचलित कानुन बमोजिम हुने सूचनामा उल्लेख छ । यसैगरी सिरहाको गोलबजार आसपासका क्षेत्रमा पनि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।


संगालोखबर 













