विराटनगर । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक हजार पाँच सय रुपैयाँले घटेको हो ।
शुक्रबार तोलामा दुई हजार रुपैयाँले बढेको सुनको मूल्य आज एक हजार पाँच सय रुपैयाँले घटेर प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रबार सुन प्रतितोला एक लाख ५३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने यथावत छ । शुक्रबार चाँदी तोलामा २० रुपैयाँले बढेर एक हजार आठ सय १० रुपैयाँमा कारोबार भएको थियो । आज पनि चाँदी सोही मूल्यमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।