कार्यसम्पादन मूल्याङ्कनमा धनकुटा नगरपालिका पहिलो, कुन पालिकाले कति अङ्क पाए ?

कार्यसम्पादन मूल्याङ्कनमा धनकुटा नगरपालिका पहिलो, कुन पालिकाले कति अङ्क पाए ?

धनकुटा । धनकुटाका सात पालिकामध्ये धनकुटा नगरपालिकाको कार्यसम्पादन अब्बल देखिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा धनकुटा नगरपालिका अब्बल देखिएको हो । धनकुटा नगरपालिका ६७.६ अङ्क पाउँदै पहिलो हुँदा ३५.७ अङ्क पाएर छथर जोरपाटी गाउँपालिका सातौँ भएको छ । धनकुटा नगरपालिका गत आर्थिक वर्षको मूल्याङ्कनमा तेस्रो भएको थियो । यसअघि छथर जोरपाटी गाउँपालिक...
स्विस सरकारका प्रतिनिधि र कोशीका मुख्यमन्त्री कार्कीबीच भेटवार्ता

स्विस सरकारका प्रतिनिधि र कोशीका मुख्यमन्त्री कार्कीबीच भेटवार्ता

विराटनगर । स्विस सरकारका प्रतिनिधि र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा नेपालका लागि स्वीस सरकारका प्रतिनिधि हेड अफ कर्पोरेसन म्याथिस मेयर र सल्लाहकार नवीन वाग्लेसहितको प्रतिनिधिमण्डलले आज भेटवार्ता गरेको हो । भेटवार्तामा मुख्यमन्त्री कार्कीले स्विस सरकारले गरेको सहयोग र सहकार्यको प्रशंसा गरेका थिए । उनले ७५ ...
कार्यसम्पादन मूल्याङ्कनमा विराटनगर महानगरपालिका दोस्रो

कार्यसम्पादन मूल्याङ्कनमा विराटनगर महानगरपालिका दोस्रो

विराटनगर । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा विराटनगर महानगरपालिका दोस्रो भएको छ । ६ वटा महानगरपालिकामध्ये विराटनगरले ७३ दशमलव ५ प्रतिशत अंकका पाएर दोस्रो भएको हो । आयोगले विभिन्न १७ वटा सूचकहरूको आधारमा मूल्याङ्कन गर्छ । ती सूचकहरूमध्ये पालिकाले समयमै सभामा बजेट पेश गरे/नगरेको, पारित गरे/नगरेको, खर्च अवस्था, बेरुजु, लेखा परीक्षणले औँल्याएको बे...
झापामा ब्यारेकमै मृत भेटिए प्रहरीका सई 

झापामा ब्यारेकमै मृत भेटिए प्रहरीका सई 

विराटनगर । झापामा नेपाल प्रहरीका सहायक निरीक्षक (सई) मृत अवस्थामा फेला परेका छन् । भद्रपुर नगरपालिका-८ स्थित जिल्ला प्रहरी कार्यालयको ब्यारेकको माथिल्लो तलामा ४९ वर्षीय सई धनराज खतिवडा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । आज बिहान फलामे भर्‍याङमा नाइलनको डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा खतिवडा मृत भेटिएका हुन् । भोजपुरको टेम्केमैयुङ गाउँपालिका-४ घर भएका उनी हाल मोरङको कानेपोखरी गाउँपालि...
उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

विराटनगर । उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । कटारी नगरपालिका-१ नौडाँडा स्थित सिद्धिचरण लोकमार्गमा मिर्चैयाबाट कटारीतर्फ जाँदै गरेको प्रदेश २-०१-००३ प १३०४ नम्बर मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक कटारी-७ का २३ वर्षीय रविन तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल पछाड...
ह्वात्तै घट्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?

ह्वात्तै घट्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?

विराटनगर । आज सुनको मूल्य घटेको छ । शुक्रबार चार सय रुपैयाँले बढेको सुनको मूल्य आइतबार दुई हजार सात सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला एक लाख ७० हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार प्रतितोला पाँच रुपैयाँले बढेको चाँदी आज १५ रुपै...
झापामा आगलागी हुँदा ७० लाखको क्षति

झापामा आगलागी हुँदा ७० लाखको क्षति

विराटनगर । झापाको कचनकवल गाउँपालिका-६ बनियानीमा आगलागी हुँदा ७० लाख बराबरको क्षति भएको छ । शनिबार साँझ स्थानीय कमल खतिवडाको घरमा पूजा कोठामा बालेको दियोबाट आगलागी भएको हो । आगोले टिनको छानो भएको दुई तले र १० कोठे घर पूर्णरूपमा जलेर ध्वस्त भएको झापा प्रहरीले जनाएको छ । आगोले घरसहित घरभित्र रहेको एक लाख नगद, अन्दाजी ४१ लाख ४२ हजार पाँच सय बराबरको सुन, ७५ तोला चाँदी, दुई वटा एसी, दुई वटा टिभी र १०...
विराटनगरमा भेष्पा र अप्रिलिया स्कुटरको शोरुम

विराटनगरमा भेष्पा र अप्रिलिया स्कुटरको शोरुम

विराटनगर । विराटनगरमा भेष्पा र अप्रिलिया स्कुटरको शोरुम सञ्चालनमा आएको छ । गौरव अटो सेन्टरले बरगाछीमा ‘अप्रिलिया भेष्पा स्कुटर’को शोरुम सञ्चालनमा ल्याएको हो । शोरुमको उद्‌घाटन कोशी प्रदेशका  पूर्वमुख्यन्यायाधिवक्ता रूपेश कोइरालाले गरेका थिए । गौरब अटो सेन्टरले चार करोड लागतमा सञ्चालन गरेको शोरुममा अप्रिलिया स्कुटर दुई लाख ८८ हजारदेखि चार लाख ६५ हजारसम्मका र भेष्पाको तीन लाख एक हजारदेखि चार लाख ...
धनकुटामा ‘चियासँगै कविता’ कार्यक्रमको थालनी

धनकुटामा ‘चियासँगै कविता’ कार्यक्रमको थालनी

धनकुटा । धनकुटामा ‘चियासँगै कविता’ कार्यक्रमको थालनी भएको छ । जिल्लाका साहित्यिक स्रष्टाहरूको प्रयासमा कार्यक्रम थालनी गरिएको हो । कार्यक्रम प्रत्येक शुक्रवार आयोजना हुने संयोजक गोपाल बराइलीले जानकारी दिए । शुक्रबारको पहिलो शृङ्खलामा प्रेम, जीवन, दर्शन, सामाजिक परिवेशका भाव समेटिएका कविता वाचन गरिएको थियो । कवि घनश्याम बराल ‘औलाली’, रमेशचन्द्र अधिकारी, भीम राई, बद्रिनाथ अधिकारी, निर्मला कुँवर,...
धनकुटाको श्री आधारभुत विद्यालयका विद्यार्थीलाई कपडा तथा खाद्यान्न सहयोग

धनकुटाको श्री आधारभुत विद्यालयका विद्यार्थीलाई कपडा तथा खाद्यान्न सहयोग

धनकुटा । धनकुटा नगरपालिका-१० उत्तरपानीमा रहेको श्री आधारभुत विद्यालयका विद्यार्थीहरूलाई कपडा तथा खाद्यान्न वितरण गरिएको छ । नेपाल डेरी एसोसिएसन धनकुटाले आज खाद्यान्न तथा कपडा वितरण गरेको हो । उक्त विद्यालयमा बौद्धिक अपाङ्गता तथा सुस्त मनस्थिति भएका ३५ जना विद्यार्थीहरू अध्ययनरत छन् । समय-समयमा विभिन्न दाताहरूले विद्यालयमा सहयोग गर्दै आएका छन् । विद्यार्थीहरूलाई २० थान तन्ना, बिस्कुट, फ्रुटी ...
विराटनगरबाट चोरेर लैजाँदै गरेको कारसहित सुनसरीमा पक्राउ परे बिन

विराटनगरबाट चोरेर लैजाँदै गरेको कारसहित सुनसरीमा पक्राउ परे बिन

विराटनगर । विराटनगरको सोरुमबाट चोरी भएको कार फेला परेको छ । आज बिहानको राति सोरुमको सिसा फुटाएर चोरी भएको कार सुनसरीको भोक्राहातर्फ लैजाँदै गर्दा प्रहरीले फेला पारेको हो । मोरङ प्रहरीका प्रहरी नायब उपरीक्षक मदन केसीका अनुसार चोरीमा संलग्न विराटनगर-४ का मन्तोषकुमार बिनलाई पनि पक्राउ गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रादेशिक अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय मोरङ र सुनसरीबाट...
विराटनगरमा ब्राउन सुगरसहित एक जना पक्राउ 

विराटनगरमा ब्राउन सुगरसहित एक जना पक्राउ 

विराटनगर । विराटनगर महानगरपालिका-१५ बाट लागूऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । झापा बिर्तामोड-६ का १८ वर्षीय रोहित राजवंशीलाई पैदल हिँडिरहेको अवस्थामा १४ ग्राम ७८ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई चेकजाँचका क्रममा नियन्त...
विराटनगरको सोरुमबाट चोरेर भगाउँदै गरेको कारमा पेट्रोल सकिएपछि… 

विराटनगरको सोरुमबाट चोरेर भगाउँदै गरेको कारमा पेट्रोल सकिएपछि… 

विराटनगर । विराटनगरबाट चोरी भएको कार भारतीय सिमा क्षेत्रमा फेला परेको छ । आज बिहानको राति करिब दुई बजेतिर चोरी भएको कार भारतीय सिमा क्षेत्र सुनसरीको इनरुवामा फेला परेको हो । प्रहरीले चोरीमा संलग्न भएको आरोपमा सुनसरीको गढी गाउँपालिका-४ घर भइ हाल विराटनगर-४ मा बस्दै आएका २४ वर्षीय मन्तोषकुमार बिनलाई पक्राउ गरेको छ । पेट्रोल सकिएपछि उनले कार अघि बढाउन नसकेको प्रहरी श्रोतले जनाएको छ । कारसहित चोरी...
विराटनगरमा सोरुमभित्रबाटै चोरी भयो कार

विराटनगरमा सोरुमभित्रबाटै चोरी भयो कार

विराटनगर । विराटनगर-३ एयरपोर्ट मोड नजिकैको सोरुमबाट कार चोरी भएको छ । राति पूजा इन्टरनेशनल प्रा.लि.को सोरुमबाट आज बिहानको राति सिसा फोडेर कार चोरी भएको हो । कम्पनीका अनुसार भक्स्वागन कम्पनीको बा ०१३० च ८५८१ नम्बरको कार चोरी भएको हो । कम्पनीमा कार्यरत एक कर्मचारीका अनुसार आज सोरुमको मुख्य गेट खोलेर सिसा फुटाएर कार चोरी भएको थाहा पाएपछि प्रहरीलाई खबर गरिएको थियो । कम्पनीका अनुसार चोरी भएको कारको...
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । आज पनि सुनको मूल्य बढेको छ । बिहीबार दुई हजार तीन सय रुपैयाँले बढेको सुन आज तोलामा चार सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ७० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला एक लाख ६९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार प्रतितोला एक लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन मङ्गलबार एक लाख ७० हजार द...
विराटनगरमा किशोरीहरूका लागि आत्मरक्षा तालिम 

विराटनगरमा किशोरीहरूका लागि आत्मरक्षा तालिम 

विराटनगर । विराटनगरमा किशोरीहरूका लागि आत्मरक्षा तालिम सञ्चालन गरिएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा समृद्ध समाज नेपालको संयोजनमा तीन दिने ‘सेल्फ-डिफेन्स’ तालिम सञ्चालन गरिएको हो । सत्यनारायण माध्यमिक विद्यालयमा सुरु भएको तालिम शनिबार सम्पन्न हुनेछ । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले विद्यालयमा अध्ययनरत किशोरीहरूलाई यो तालिम प्रभावकारी हुने बताए । बस्न...
एमाले धनकुटा नगर कमिटीको अध्यक्षमा पुनः अर्जुन छारा निर्वाचित

एमाले धनकुटा नगर कमिटीको अध्यक्षमा पुनः अर्जुन छारा निर्वाचित

धनकुटा । नेकपा एमाले धनकुटा नगर कमिटीको अध्यक्षमा पुनः अर्जुन छारा निर्वाचित भएका छन् । बुधबार सम्पन्न नगर कमिटीको दोस्रो अधिवेशनले छाराको नेतृत्वमा ७५ सदस्यीय नगर कमिटी निर्माण गरेको हो । नव गठित कमिटीको उपाध्यक्षमा चन्द्रकृष्ण ठकुरी, सचिवमा लक्ष्मण घिमिरे, उपसचिव ( खुल्ला) मा मानबहादुर राई ‘बुद्ध’ र उपसचिव (महिला) मा दुर्गा ढकाल ‘बस्नेत’ निर्वाचित भएका छन् । नेकपा एमालेका केन्द्रिय सदस्य ए...
प्रेस चौतारीको कोशी प्रदेश सचिवमा संगालोखबरका सञ्चालक रबिन कटेल निर्वाचित

प्रेस चौतारीको कोशी प्रदेश सचिवमा संगालोखबरका सञ्चालक रबिन कटेल निर्वाचित

विराटनगर । प्रेस चौतारी नेपाल कोशी प्रदेश समितिको सचिवमा संगालोखबर अनलाइनका सञ्चालक रविन कटेल निर्वाचित भएका छन् । प्रदेश राजधानी विराटनगरमा बुधबार सम्पन्न भएको प्रेस चौतारी कोशी प्रदेशको दोस्रो अधिवेशनबाट कटेल सर्वसम्मत रुपमा सचिवमा निर्वाचित भएका हुन् । प्रेस चौतारी धनकुटाका निवर्तमान अध्यक्षसमेत रहेका कटेल विगत १६ वर्ष अघिदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् । उनी पत्रकार महासंघ धनकुटाका ...
विराटनगरमा जगदम्बा मोटर्सको ‘अनस्टपेबल फ्रिडम’ अभियान शुभारम्भ

विराटनगरमा जगदम्बा मोटर्सको ‘अनस्टपेबल फ्रिडम’ अभियान शुभारम्भ

विराटनगर । टीभीएस मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले ग्राहकहरूका लागि अफर घोषणा गरेको छ । टीभीएस अपाचे आरटीआर १६० रीफ्रेश ४ भिएफडी र अपाचे आरटीआर १६० रीफ्रेश २ भिबीटीका लागि अफर घोषणा गरेको हो । बाइक पारखीहरूलाई ‘अनस्टपेबल फ्रिडम’को अनुभव पस्कँदै दुई वर्षसम्मका लागि समस्या रहित लिमिटलेस राइडको सुनिश्चितता प्रदान गर्ने उद्देश्य लिएको कम्पनीले जनाएको छ । अफर अन्तर्गत देशैभरका ग्राहकहरूल...
इलाम र मोरङबाट लागूऔषधसहित चार जना पक्राउ

इलाम र मोरङबाट लागूऔषधसहित चार जना पक्राउ

विराटनगर । इलाम र मोरङबाट प्रतिबन्धित लागूऔषधसहित चार जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा विराटनगर-१७ बाट एक जनालाई नियन्त्रणमा लिएको छ । भारतबाट नेपाल तर्फ आउँदै गरेको प्रदेश १-०२-०५४ प २१३६ नम्बरको मोटरसाइकलका चालक मोरङको बेलबारी नगरपालिका-४ का ३२ वर...
माघमा चार हजार तीर्थयात्रीले गरे पाथीभराको दर्शन

माघमा चार हजार तीर्थयात्रीले गरे पाथीभराको दर्शन

विराटनगर  । माघ महिनामा ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरामा चार हजार तीर्थयात्री पुगेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार चार हजार दुई सय ४९ जना तीर्थयात्रीले पाथीभराको दर्शन गरेका हुन् । केबलकारको विषयलाई लिएर बारम्बार आन्दोलन भएपनि पाथीभरामा आउने तीर्थयात्रीको सङ्ख्यामा कमी नआएको समितिले जनाएको छ । समितिका अनुसार माघ महिनामा १० लाख ४० हजार ती सय रुपैयाँ भेटी सङ्कलन भएको छ । ...
झापा कारागारमा बेहोस भएका एक कैदीबन्दीको मृत्यु

झापा कारागारमा बेहोस भएका एक कैदीबन्दीको मृत्यु

विराटनगर । जिल्ला कारागार झापामा एक कैदीबन्दीको मृत्यु भएको छ । भद्रपुर नगरपालिका– १ का ४० वर्षीय मदन सिलवालको मृत्यु भएको हो । उनलाई ठगी मुद्दामा कारागार चलान गरिएको थियो । जिल्ला प्रहरी कार्यालय  झापाका अनुसार मङ्गलवार बिहान ११ बजे कारागारभित्र अचानक लडेर सिलवाल बेहोस भएका थिए । उनलाई उपचारको लागि तत्काल प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

विराटनगर । आज सुनको मूल्य बढेको छ । बुधबार तोलामा एक हजार सात सय रुपैयाँले घटेको सुन आज दुई हजार तीन सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ६९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला एक लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । मङ्गलबार प्रतितोला एक लाख ७० हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन सोमबार एक लाख ६९ हजार...
कोशी प्रदेशसभाका सचिव पराजुली भ्रष्टाचार मुद्दामा दोषी ठहर

कोशी प्रदेशसभाका सचिव पराजुली भ्रष्टाचार मुद्दामा दोषी ठहर

विराटनगर । कोशी प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुली भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । सर्वोच्च अदालतले पराजुलीलाई ६ वर्ष कैद र एक करोड २२ लाख जरिवाना हुने फैसला गरेको छ । उनले ६२ लाख ३७ हजार रुपैयाँ भ्रष्टाचार गरेको सर्वोच्चले ठहर गरेको छ । पशुपतिको जग्गामा बालुवाखानी सञ्चालन गर्न दिएको मुद्दामा पराजुली दोषी ठहर भएका हुन् । बालुवाखानी ठेक्का दिँदा पराजुली काठमाडौं जिल्ला विकास समितिका ...
प्रेस चौतारी कोशीको अध्यक्षमा पुरी निर्वाचित

प्रेस चौतारी कोशीको अध्यक्षमा पुरी निर्वाचित

विराटनगर । प्रेस चौतारी कोशी प्रदेशको अध्यक्षमा सुमन पुरी निर्वाचित भएका छन् । विराटनगरमा बुधबार सम्पन्न दोश्रो प्रदेश अधिवेशनबाट पुरी अध्यक्षमा सर्वसम्मत  निर्वाचित भएका हुन् । पुरी यसअघि उपाध्यक्ष थिए । यसैगरी उपाध्यक्षमा युवराज विवश, महिला उपाध्यक्षमा ज्योति चौहान, महासचिवमा बाबुराम भण्डारी र कोषाध्यक्षमा विशाल नेम्वाङ निर्वाचित भए । प्रदेश कमिटीको सचिवमा रविन कट्टेल, दिनेश सुब्बा, भोला श्र...
खसी भन्दै बाख्राको मासु बेचेपछि…

खसी भन्दै बाख्राको मासु बेचेपछि…

विराटनगर । पर्सामा खसीको भन्दै बाख्राको मासु बेचेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका-१३ प्रतिमा चोकबाट प्रहरीले आसमिन फ्रेस हाउसका सञ्चालकलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार ४१ वर्षीय हारून मियाँ अन्सारी पक्राउ परेका हुन् । उनले खसीको भन्दै झुक्याएर बाख्राको मासु बेचिरहेको सूचना प्रहरीलाई प्राप्त भएको थियो । लगत्तै खटिएको प्रहरी टोलीले बा...
‘नो केबलकार’ पक्षलाई पुनः वार्तामा आउन सरकारको आह्वान

‘नो केबलकार’ पक्षलाई पुनः वार्तामा आउन सरकारको आह्वान

विराटनगर । ताप्लेजुङको पाथीभरामा केबलकार बनाउन नदिने भन्दै आन्दोलन गरिरहेको  ‘नो केबलकार’ पक्षलाई गृह मन्त्रालयले पुनः वार्तामा आउन आह्वान गरेको छ । आज वार्ता समिति संयोजक सह-सचिव प्रेमप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन अनुरोध गरेका हुन् । सरकारले माग पूरा सम्बोधन नगरेको भन्दै माघ २९ गतेबाट मुक्कुमलुङ (पाथीभरा) संरक्षण संयुक्त सङ्घर्ष समितिले आन्दोलन सुरु गरेको...
मिडिया र सामाजिक सञ्जालमा तथ्यहीन कुरा आउँदा भ्रम सिर्जना भयो : मुख्यमन्त्री कार्की

मिडिया र सामाजिक सञ्जालमा तथ्यहीन कुरा आउँदा भ्रम सिर्जना भयो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मिडिया र सामाजिक सञ्जालमा तथ्यहीन कुराहरू आउँदा भ्रम सिर्जना भएको बताएका छन् । प्रेस चौतारी कोशी प्रदेशको दोस्रो अधिवेशनको उद्‌घाटन सत्रमा बोल्दै उनले यस्तो बताएका हुन् । गलत र भ्रमपूर्ण प्रचारलाई परास्त गर्दै सत्य र तथ्यलाई जनताका बीचमा सम्प्रेषण गर्ने काम समग्र मिडिया क्षेत्रको भएको उनले बताए । ‘कहिलेकाँही मैले कतिपय ठाउँहरूमा देखेको...
इलाममा बाबुको हत्या आरोपमा छोरा-बुहारीसहित ६ जना पक्राउ

इलाममा बाबुको हत्या आरोपमा छोरा-बुहारीसहित ६ जना पक्राउ

विराटनगर । इलाममा आफ्नै बाबुको हत्या गरेको आरोपमा प्रहरीले छोरा-बुहारीसहित ६ जनालाई पक्राउ गरेको छ । छोरा-बुहारीमाथि चार जना मान्छे खटाएर बाबुको हत्या गरेको आरोप छ । माघ २८ गते सुर्याेदय नगरपालिका-११ का ५१ वर्षीय धनराज राई आफ्नै घरको बीच कोठामा मृत भेटिएका थिए । जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार मृतकको टाउकोको पछाडि र निधारको अगाडिको भागमा गम्भीर चोट लागेको थि...
सासूको हत्या आरोपमा बुहारी पक्राउ

सासूको हत्या आरोपमा बुहारी पक्राउ

विराटनगर । धनुषाको जनकनन्दनी गाउँपालिका-५ मा सासूको हत्या आरोपमा बुहारी पक्राउ परेकी छन् । ६५ वर्षीया सासू समुन्द्रीदेवी मण्डलको हत्या गरेको आरोपमा ३५ वर्षीया बुहारी रक्षाकुमारी मण्डललाई प्रहरीले पक्राउ गरेको हो । घरायसी विवादका क्रममा कुटपिट हुँदा समुन्द्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीलाई जानकारी आएको थियो । जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरीले रक्षालाई गएराति प...
प्रेस चौतारी कोशी प्रदेशको दोस्राे अधिवेशन (फोटो फिचर)

प्रेस चौतारी कोशी प्रदेशको दोस्राे अधिवेशन (फोटो फिचर)

विराटनगर । प्रेस चौतारी कोशी प्रदेशको दोस्राे अधिवेशन सुरु भएको छ । विराटनगरको कञ्चनजङ्गा होटलमा अधिवेशन सुरु भएको हो । अधिवेशनको उद्‌घाटन प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले गरे । अधिवेशनबाट चौतारी कोशी प्रदेशको नयाँ नेतृत्व चयन हुनेछ । अधिवेशनमा आयोजक र प्रतिनिधिसहित करिब दुई सय जना सहभागि छन् । तस्बिर : सन्तोष सुवेदी/संगालोखबर
error: Content is protected !!