मुसहर बस्तीमा शिक्षाको ज्योति बनेका ‘राजु सर’
विराटनगर । राजु क्षेत्री अर्थात राजु सर । विराटनगर–१६ दरहैयास्थित मुसहर बस्तीका बालबालिका र अभिभावकका लागि प्रिय नाम हो । उनी धेरै का प्रेरणाका स्रोत पनि हुन् । राजु सर जब मुसहर बस्ती पुग्छन्, बालबालिका झुम्मिन पुगिहाल्छन् । ‘ट्राइ साइकल’ धकेलेर राजु सरलाई पढ्ने भवनको कोठासम्म पुर्याउँछन् । उनी बालबालिकाको खुसी देखेर आफ्ना सबै दुःख बिर्सिन्छन् ।
ट्राइ साइकलको यात्रा । सडकले दिएको सास्ती । कहिल...































