धनकुटाबाट खेलाडीलाई गरियो बिदाई

धनकुटाबाट खेलाडीलाई गरियो बिदाई

धनकुटा । नबौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि धनकुटाबाट छनौट भएका खेलाडीहरूलाई विदाई गरिएको छ । जिल्ला खेलकुद विकास समितिले सोमबार खेलाडीहरूलाई विदाई गरेको हो । स्थानीय तल्लो टुँडिखेलमा भदौ ७ गतेबाट छनौट प्रतियोगिताहरू गरेर खेलाडी छान्न थालिएको थियो । फुटबल, भलिबल, एथ्लेटिक्स, ब्याडमिन्टन, टेबलटेनिस, कराते, उसु, तेक्वान्दो, बक्सिङ, कबडी, हाइटेक तेक्वान्दो, बुद्धिचाल, आई टी एफ, पौडी लगायत १५...
धनकुटामा दौड प्रतियोगिता गरिने

धनकुटामा दौड प्रतियोगिता गरिने

धनकुटा । धनकुटामा आगामी असोज १३ गते दौड प्रतियोगिता गरिने भएको छ । मुटु दिवसको अवसर पारेर पूर्व प्रहरी संस्थाले खुल्ला र महिला ‘रोड रेस’ गर्न लागेको हो । आयोजक पूर्व प्रहरी संस्थाले सोमबार धनकुटामा पत्रकार सम्मेलन गरेर खुल्ला १५ किलोमिटर र महिलातर्फ ८ किलोमिटरको रेस गर्न लागिएको जानकारी दिएको हो । धनकुटा नगरपालिका–९ रुद्रवारीस्थित कोशी राजमार्गबाट खुल्ला रेस सुरु गरिनेछ । त्यस्तै, महिलाका लागि ...
विराटनगरमा प्रदेश स्तरीय ‘मिल्स भेट्रान’ गोल्डकप हुने

विराटनगरमा प्रदेश स्तरीय ‘मिल्स भेट्रान’ गोल्डकप हुने

विराटनगर । विराटनगरको रानीमा १ नम्बर प्रदेश स्तरीय ‘मिल्स भेट्रान गोल्डकप’ प्रतियोगिता सञ्चालन गरिने भएको छ । आयोजक मिल्स भेट्रन्स क्लब रानीले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरेर रानीस्थित जुटमिलको खेल मैदानमा आगामी असोज १ देखि १० गतेसम्म प्रतियोगिता सञ्चालन गरिने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा खेल संयोजक मनोज खड्काले फुटबल खेलको सम्बद्धन गर्दै खेल पारखीहरुका लागि प्रतियोगिता गर्न लागि...
क्रिकेटर लामिछानेविरुद्ध बलात्कारको उजुरी

क्रिकेटर लामिछानेविरुद्ध बलात्कारको उजुरी

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेमाथि बलात्कारको आरोप लागेको छ । लामिछानेले १५ बर्षीया वालिकामाथि बलात्कार गरेको आरोप लागेको हो । लामिछानेले बलात्कार गरेको भन्दै मंगलवार प्रहरी वृत्त गौशालामा उजुरी परेको छ । सामाजिक सञ्जालमार्फत सन्दीप र ती वालिकाबीच सम्पर्क भएको र भेटघाटपछि प्रलोभनमा पारेर बलात्कार गरेको जाहेरीमा उल्लेख छ । लामिछाने अहिले क्रिकेट खेलका लागि विदेशमा छन...
धनकुटाबाट धमाधम खेलाडी छानिदै

धनकुटाबाट धमाधम खेलाडी छानिदै

धनकुटा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि धनकुटाबाट खेलाडी छनौटको काम भइरहेको छ । जिल्ला खेलकुद विकास समितिले छनौट खेलहरू सञ्चालन गरेर खेलाडी छान्ने काम गरिरहेको हो । धनकुटाको तल्लो टुँडिखेल, कभर्ड हल लगायतमा छनौट खेल सञ्चालन भइरहेका छन् । फुटबल, भलिबल, एथ्लेटिक्स, ब्याडमिन्टन, टेबलटेनिस, कराते, उसु, तेक्वान्दो, बक्सिङ, कब्बडी, हाइटेक तेक्वान्दो, बुद्धिचाल लगायत १३ खेलका खेलाडी छनौटको क...
धनकुटाबाट छानिए बुद्धिचालका दुई खेलाडी

धनकुटाबाट छानिए बुद्धिचालका दुई खेलाडी

धनकुटा । प्रदेश स्तरीय बुद्धिचाल प्रतियोगिताका लागि धनकुटाबाट खेलाडी छनौट गरिएको छ । सोमबार जिल्ला बुद्धिचाल संघको आयोजनामा छनौट प्रतियोगिता गरेर दुई जना खेलाडी छनौट गरिएको हो । पत्रकार महासङ्घको सभाहलमा भएको जिल्ला स्तरीय छनौट प्रतियोगिताबाट पूर्णबहादुर डंगोल र किरण लिम्बू (नरबहादुर) छनोट भएका हुन् । प्रतियोगितामा १२ जना खेलाडी सहभागि थिए । उनीहरूलाई पछि पार्दै डंगोल र लिम्बू छनौट भएका हुन् । ...
डेब्यु खेलमै दुई गोल गरेकी दीपा प्लेयर अफ दी म्याच

डेब्यु खेलमै दुई गोल गरेकी दीपा प्लेयर अफ दी म्याच

काठमाडौं । नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर दीपा न्यौपानेको दुई गोल प्रेरित डन बस्को फुटबल एकेडेमीले शनिबार भारतको केरेला महिला लिगमा पहिलो जित निकालेको छ । पहिलो जित निकाल्ने क्रममा दीपाले महत्त्वपूर्ण दुई गोल गरेपछि डन बस्कोले इमिरेट्स सकर क्लबलाई ५–२ ले हराएको थियो । नेपाल पुलिस क्लबकी मिडफिल्डर समेत रहेकी दीपा पहिलो खेलमा भने उपलब्ध भएकी थिइन् । दोस्रो खेलमा उपलब्ध भएकी दीपाले प...
नोबेल र केएमसीले खेलाडीहरुलाई पाँच बर्षसम्म निःशुल्क उपचार गर्ने

नोबेल र केएमसीले खेलाडीहरुलाई पाँच बर्षसम्म निःशुल्क उपचार गर्ने

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले ओलम्पीक, साफ र एशियन खेलकुदमा सहभागि नेपाली खेलाडीलाई पाँच बर्षसम्म निःशुल्क उपचार गर्ने भएका छन् । ओलम्पीकमा सहभागि नेपाल भरका सबै खेलाडी तथा साफ र एशियन खेलकुदमा सहभागि प्रदेश १ का खेलाडीहरुले निःशुल्क उपचार पाउँने भएका हुन् । खेलाडीका परिवारका सदस्यलाई पनि नोबेल र केएमसीले ५० प्रतिशत छुटमा उपचार ग...
महिला टी-२० च्याम्पियनसिपबाट नेपाल बाहिरियो

महिला टी-२० च्याम्पियनसिपबाट नेपाल बाहिरियो

काठमाडौं । वर्षाका कारण पहिलो सेमिफाइनल खेल रद्द हुँदा नेपाल महिला टी-२० च्याम्पियनसिपबाट बाहिरिएको छ । यसअघि मलेसियामा टस जितेर फिल्डिङ रोजेको नेपालसामु संयुक्त अरब इमिरेट्स (युएई) ले ८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर वर्षाले पुनः खेल प्रभावित हुँदा रद्द भएको हो । यससँगै समूह विजेताको रूपमा यूएई फाइनल पुग्दै एसिया कपमा छनोट भयो । नेपाल भने अभागी सावित हुँदै सेमिफाइनलबाट बाहिरियो । यसअघि ...
नेपाल हङकङसँग पराजित

नेपाल हङकङसँग पराजित

काठमाडौ । एसिसी वुमन्स टी २० च्याम्पियनसिप अन्तर्गत मंगलबार भएको खेलमा नेपाल हङकङसँग सात विकेटले पराजित भएको छ । मलेसियाको किनरारा ओभलमा भएको समूह चरणको अन्तिम खेलमा नेपालले दिएको एक सय १० रनको लक्ष्य हङकङले १५.५ ओभरमा तीन विकेट गुमाउनुअघि एक सय १२ रन बनायो । हङकङको लागि मारिको हिलले ४५, नतासा माइल्सले २८ र कप्तान केरी चानले १७ रनको योगदान गरे । नेपालकी संगिता राईले दुई तथा सीता राना मगरले एक व...
नेपालको एएफसी एसियन कपमा छनोट हुने सम्भावना सकियो

नेपालको एएफसी एसियन कपमा छनोट हुने सम्भावना सकियो

काठमाडौं । लगातार दोस्रो हारसँगै एएफसी एसियन कप २०२३ मा छनोट हुने नेपालको सम्भावना सकिएको छ । शनिबार राति कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा नेपाल कुवेतसँग ४–१ अन्तरले पराजित भएको हो । यसअघि नेपाल पहिलो खेलमा जोर्डनसँग २–० ले पराजित भएको थियो । यस खेलसँगै नेपाल समूह ए मा दुई खेलबाट विना कुनै अंक पुछारमा छ । कुवेतको पहिलो जितमा युसेफ अलसुलिमानले दुई तथा फाहद अलरेसिदी र मोबारक अ...
धनकुटामा सुरु भयो महिला फुटबल प्रतियोगिता

धनकुटामा सुरु भयो महिला फुटबल प्रतियोगिता

धनकुटा । धनकुटामा आइतवारदेखि पालिका स्तरीय महिला फुटबल प्रतियोगिता सुरु भएको छ । सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानको आयोजनामा तल्लो टुडिखेलमा प्रतियोगिता आयोजना गरिएको हो । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले एक कार्यक्रमकाबीच पानसमा दीप प्रज्जवल गरेर प्रतियोगिता उद्घाटन गरे । प्रतियोगिता उद्घाटन गर्दै तामाङले धनकुटामा अहिले खेलकुद क्षेत्र निदाइरहेको हुनाले यसलाई बिउझाएर तीव्र गतिमा ...
डेब्यु वर्षमै गुजरातले जित्यो आइपीएलको उपाधि

डेब्यु वर्षमै गुजरातले जित्यो आइपीएलको उपाधि

काठमाडौं । यसै सिजन ‘डेब्यु’ गरेको गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपीएल) टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । गुजरातले उपाधि भिड्न्तमा आइतबार राजस्थान रोयल्सलाई सात विकेटले पराजित गर्दै आइपीएलको १५औं सिजन आफ्नो नाममा लेखायो । यससँगै गुजरात आइपीएलको उपाधि जित्ने सातौं टिम बनेको छ । अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा राजस्थानले प्रस्तुत गरेको एक सय ३१ रनको लक्ष्य गुजरातले १८.१...
धनकुटामा महिला फुटबल हुने

धनकुटामा महिला फुटबल हुने

धनकुटा । धनकुटामा सहिद रामकृष्ण श्रेष्ठ पालिका स्तरीय महिला फुटवल प्रतियोगिता सञ्चालन गरिने भएको छ । सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानले आइतवार पत्रकार सम्मेलन गरेर जेठ अन्तिम साता प्रतियोगिता सञ्चालन गर्ने जानकारी दिएको हो । धनकुटाको टुडिखेलमा जेठ २४ गतेदेखि २८ गतेसम्म प्रतियोगिता सञ्चालन गरिने प्रतिष्ठानका अध्यक्ष इश्वर श्रेष्ठले बताए । प्रतियोगितामा जिल्लाका सात वटै पालिकाका खेलाडीहरु ...
नोबेलका विद्यार्थीको खेलकुद उत्सव सम्पन्न

नोबेलका विद्यार्थीको खेलकुद उत्सव सम्पन्न

विराटनगर । नोबेल मेडिकल कलेजमा सञ्चालित ‘नोबेल स्पोर्टस फियस्टा’ सम्पन्न भएको छ । चिकित्सा शिक्षा अध्ययन गर्दै आएका विद्यार्थीहरुले हरेक बर्ष सञ्चालन गर्दै आएको फियस्टा अर्थात खेलकुद उत्सव यसबर्ष ८ दिनसम्म सञ्चालन गरिएको हो । फियस्टामा फुटबल, भलिबल, क्रिकेट, कवडी, ब्याडमिन्टन, टेबलटेनिस, टगअफवार, चेस, लुडो क्यारेम, म्याराथन, पब्जी, फिफा र मिनिमिलेसिया लगायत करिव २० वटा प्रतियोगिता भएको आयोजक सम...
नोबेलमा सुरु भयो खेलकुद उत्सव

नोबेलमा सुरु भयो खेलकुद उत्सव

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा ‘नोबेल स्पोर्टस फियस्टा’ सुरु भएको छ । एमवीवीएस १३ औं व्याच, बीडीएस ८ औं व्याच र बीएस्सी नर्सिङ ८ औं व्याचले संयुक्त रुपमा स्पोर्टस फियस्टा अर्थात खेलकुद उत्सव आयोजना गरेका हुन् । कलेजका प्रिन्सिपल डा.रामहरी घिमिरेले पानसमा बत्ती बालेर खेलकुद उत्सव उद्घाटन गरेका छन् । कार्यक्रमलाई संवोधन गर्दै प्रिन्सिपल डा.घिमिरे, नर्सिङ डाइरेक्टर निलम झा, अन्तर्राष...
राजविराजले जित्यो प्रथम टी–२० मेयर कप क्रिकेटको उपाधि

राजविराजले जित्यो प्रथम टी–२० मेयर कप क्रिकेटको उपाधि

विराटनगर । सप्तरीको राजविराजले विराटनगरमा सञ्चालित प्रथम टी–२० मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । बैजनाथपुर खेल मैदानमा शनिवार भएको फाइनल खेलमा जनकपुर उप–महानगरपालिकालाई १० रनले हराउँदै राजविराजले उपाधि जितेको हो । टस जितेर ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा ८ विकेट गुमाई ९७ रनको सामान्य स्कोर खडा गरेको थियो । राजविराजकालागि नेपालका अन्तर्राष्ट्रिय ब्याटर विवेक यादवले २१ रन...
प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिताको फाइनलमा राजविराज र जनकपुर

प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिताको फाइनलमा राजविराज र जनकपुर

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजना तथा होराइजन क्रिकेट क्लवको संयोजनमा विराटनगरमा जारी प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगितामा विजयी हुँदै राजविराज नगरपालिका र जनकपुर उपमहानगरपालिका फाइनलमा प्रवेश गरेका छन् । विराटनगर–१९ मा रहेको वैजनाथपुरको खेल मैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा राजविराजले आयोजक विराटनगर महानगरपालिका र जनकपुरले विरगञ्ज महानगरपालिलाई पराजित गरेको हो । पहिलो खेलमा सप...
प्रथम टि-२० मेयर कप क्रिकेटः विराटनगर, राजविराज, विरगञ्ज र जनकपुर सेमिफाइनलमा

प्रथम टि-२० मेयर कप क्रिकेटः विराटनगर, राजविराज, विरगञ्ज र जनकपुर सेमिफाइनलमा

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजना तथा होराइजन क्रिकेट क्लवको संयोजनमा विराटनगरमा जारी प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिताको विहीवार भएको खेलमा राजविराज नगरपालिका र विरगञ्ज महानगरपालिका विजयी भएका छन् । विराटनगर–१९ मा रहेको वैजनाथपुरको खेल मैदानमा विहीवार सम्पन्न पहिलो खेलमा राजविराजले जनकपुरधाम उपमहानगरपालिका र विरगञ्जले विराटनगर महानगरपालिलाई पराजित गरेको हो । यस अघि आज खेलेका चारै ...
प्रथम टि-२० मेयर कप क्रिकेट:  विरगञ्ज र जनकपुरको विजयी सुरुवात

प्रथम टि-२० मेयर कप क्रिकेट: विरगञ्ज र जनकपुरको विजयी सुरुवात

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजना तथा होराइजन क्रिकेट क्लवको संयोजनमा सञ्चालित प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिताको बुधवारको खेलमा विरगञ्ज महानगरपालिका र जनकपुरधाम महानगरपालिका विजयी भएका छन् । विराटनगर–१९ मा रहेको वैजनाथपुरको खेल मैदानमा बुधबार पहिलो खेलमा विरगञ्ज र जनकपुर विजयी भएका हुन् । पहिलो खेलमा विरगञ्जले झापाको मेची नगरपालिकालाई ८ रनले पराजित गरेको छ । पराजित भएको झापाले ल...
विराटनगरमा मेयर कप क्रिकेट सुरु, राजविराज र विराटनगरद्वारा बिजयी सुरुवात

विराटनगरमा मेयर कप क्रिकेट सुरु, राजविराज र विराटनगरद्वारा बिजयी सुरुवात

विराटनगर । विराटनगरमा मंगलबारदेखि प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । होराइजन क्रिकेट क्लवको व्यवस्थापनमा विराटनगर महानगरपालिकाले बैजनाथपुर क्रिकेट रंगशालामा प्रतियोगिता आयोजना गरेको हो । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले व्याटिङ्ग गर्दै प्रतियोगिता उद्घाटन गरेका छन् । प्रतियोगिता उद्घाटन गर्दै मेयर पराजुलीले अब हरेक बर्ष मेयर कप क्रिकेट सञ्चालन गर्ने गरी प्रतियोगिताक...
नेपाली सेनाले जित्यो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि

नेपाली सेनाले जित्यो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि

विराटनगर । नेपाली सेनाले विराटनगरमा सञ्चालित शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि जितेको छ । शहिद रंगशालामा शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ७–१ गोलअन्तरले पराजित गर्दै सेनाले उपाधिमाथि कब्जा जमाएको हो । सेनालाई उपाधि दिलाउँन राजेन्द्र कार्की, सुमितकुमार कामी र रोमन राना मगरले समान २/२ गोल र प्रदीप राजवंशीले एक गोल गरे । सुदूरपश्चि...
हक्की प्रतियोगितामा सुदूरपश्चिम र नेपाली सेना उपाधि नजिक

हक्की प्रतियोगितामा सुदूरपश्चिम र नेपाली सेना उपाधि नजिक

विराटनगर । नेपाली सेना र सुदूरपश्चिम प्रदेश विराटनगरमा जारी शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् । शहिद रंगशालामा शुक्रबार भएको खेलमा गण्डकी प्रदेशलाई हराउँदै सुदूरपश्चिम र लुम्बिनी प्रदेशलाई पराजित गर्दै नेपाली सेनाको टिम उपाधि नजिक पुगेका हुन् । पहिलो खेलमा गण्डकी प्रदेशलाई ३–१ गोलले हराउँदै सुदूरपश्चिम प्रदेश फाइनल प्रवेश गर...
राष्ट्रिय पुरुष हक्की प्रतियोगिताः सेना, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेश सेमिफाइनलमा

राष्ट्रिय पुरुष हक्की प्रतियोगिताः सेना, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेश सेमिफाइनलमा

विराटनगर । विराटनगरमा जारी शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् । बिहीबारको पहिलो खेलमा गण्डकी प्रदेशले बाग्मतती प्रदेशलाई ८–० को गोलअन्तरमा पराजित गरेको छ । गण्डकीका आशिष ठकुरीले ३ गोल, सोनु लामा र पिताम्बर थापाले समान २–२ गोल तथा रोहन लामाले १ गोल गर्दै टोलीलाई विजयी बनाए । खेलको म्यान अफ द म्याच ...
विराटनगरमा सुरु भयो राष्ट्रिय हक्की प्रतियोगिता

विराटनगरमा सुरु भयो राष्ट्रिय हक्की प्रतियोगिता

विराटनगर । विराटनगरमा मंगलबारदेखि शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगिता सुरु भएको छ । नेपाल हक्की संघको आयोजनामा विराटनगरको शहिद रंगशालामा पाँच दिने प्रतियोगिता सुरु भएको हो । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले मैदानमा बल प्रहार गरेर प्रतियोगिता उद्घाटन गरे । प्रतियोगिता उद्घाटन गर्दै मेयर पराजुलीले खेलकुद क्षेत्रको दिगो विकासका लागि स्थानीय, ...
भलिबल प्रतियोगिताको उपाधि वडा नंम्बर ६ सिधुवालाई

भलिबल प्रतियोगिताको उपाधि वडा नंम्बर ६ सिधुवालाई

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाको ५ औं वार्षिकोत्सबको अवसरमा आयोजित वडा स्तरीय भलिबल खेल प्रतियोगिताको उपाधि वडा नंम्बर ६ सिधुवाले जितेको छ । ५० तोलाको चाँदीको शिल्ड राखेर विगत ४ वर्षदेखि आयोजना गर्दै आएको रनिङ शिल्ड प्रतियोगिताको प्रतिस्पर्धात्मक खेलमा छथर जोरपाटी वडा नंम्बर ६ ले वडा नंम्बर २ लाई फाइनलमा पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पारेको हो । वडा नंम्बर ६ ले उपाधि जितेसँगै ५० त...
धनकुटाको राजारानीका राष्ट्रिय फुटवल रेफ्री चेम्जोङ्गलाई चौविसे गाउँपालिकाले गर्यो सम्मान

धनकुटाको राजारानीका राष्ट्रिय फुटवल रेफ्री चेम्जोङ्गलाई चौविसे गाउँपालिकाले गर्यो सम्मान

धनकुटा । धनकुटाको चौविसे गाउँपालिकाले राष्ट्रिय फुटवल रेफ्री तुफान चेम्जोङ्गलाई सम्मान गरेको छ । तेस्रो चैविसे रनिङ्ग कप फुटबल प्रतियोगिता समापनको अवसर पारेर रेफ्री चेम्जोङ्गलाई नगद २० हजारसहित सम्मान गरिएको हो । कार्यक्रममा प्रदेश सभा सदस्य द्वय निरन राई र विनादेवी राई, चौविसे गाउँपालिका अध्यक्ष खजिन्द्र राई र उपाध्यक्ष यज्ञकुमारी रुचालले दोसल्ला ओढाएर नगद र सम्मान पत्र प्रदान गरी रेफ्री चेम्ज...
चौबिसे रनिङ्ग कप फुटबल : राजारानीले कब्जा गर्यो पुरुषतर्फको उपाधि

चौबिसे रनिङ्ग कप फुटबल : राजारानीले कब्जा गर्यो पुरुषतर्फको उपाधि

धनकुटा । धनकुटाको राजारानीमा सञ्चालित तेस्रो चौबिसे रनिङ्ग कप फुटबल प्रतियोगिताको पुरुषतर्फको खेलको उपाधि चौबिसे गाउँपालिका–६ राजारानीले जितेको छ । राजरानीस्थित मझुवाटार खेल मैदानमा आज सम्पन्न फाइनल खेलमा चौबिसे–८ बसन्तटारलाई ८–० गोल अन्तरले पराजित गर्दै राजारानीले उपाधि जितेको हो । राजारानीस्थित रारा फुटबल क्लबको व्यवस्थापनमा चौबिसे गाउँपालिका खेलकुद विकास समितिले प्रतियोगिता आयोजना गरेको हो ।...
चौबिसे रनिङ्ग कप फुटबल : कुरुलेतेनुपाले जित्यो महिलातर्फको उपाधि

चौबिसे रनिङ्ग कप फुटबल : कुरुलेतेनुपाले जित्यो महिलातर्फको उपाधि

धनकुटा । धनकुटाको राजारानीमा सञ्चालित तेस्रो चौबिसे रनिङ्ग कप फुटबल प्रतियोगिताको महिलातर्फको खेलको उपाधि चौबिसे गाउँपालिका–३ कुरुलेतेनुपाले जितेको छ । राजरानीस्थित मझुवाटार खेल मैदानमा आज सम्पन्न फाइनल खेलमा चौबिसे–१, ६ नं. बुधबारेलाई १–० गोल अन्तरले पराजित गर्दै कुरुलेतेनुपाले उपाधि चुमेको हो । कुरुलेलाई जित दिलाउँन दोस्रो हाफको ६ मिनेटमा सीता लिम्बुले एक मात्र निर्णायक गोल गरिन् । राजारानीस्...
चौविसे रनिङ्ग कप फुटबल प्रतियोगिता सुरु

चौविसे रनिङ्ग कप फुटबल प्रतियोगिता सुरु

धनकुटा । धनकुटाको राजारानीमा आजदेखि तेस्रो चौविसे रनिङ्ग कप फुटवल प्रतियोगिता सुरु भएको छ । चौविसे–६ राजारानीस्थित रारा फुटवल क्लवको व्यवस्थापनमा चौविसे गाउँपालिका खेलकुद विकास समितिले प्रतियोगिता आयोजना गरेको हो । एक कार्यक्रमकाबीच चौविसे गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले प्रमुख रेफ्रीलाई बल हस्तान्तरण गरेर प्रतियोगिता उद्घाटन गरेका छन् । प्रतियोगिता उद्घाटन गर्दै अध्यक्ष राईले गाउँपालिकाले ...
अजम्बरीले जित्यो सहिदकपको उपाधि

अजम्बरीले जित्यो सहिदकपको उपाधि

धनकुटा । साँगुरीगढीको फेदीस्थित अजम्बरी युवा क्लबले सहिदभूमि गाँउपालिका–१ सफाईटार लामेचौरमा सञ्चालित नवौं छिन्ताङ सहिदकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनल खेलमा नाम्जे युवा क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै अजम्बरी युवा क्लवले उपाधिमाथि कब्जा जमाएको हो । उपाधिसँगै अजम्बरी युवा क्लबले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने उप–विजेता नाम्जे युवा क्लबले ५० हजारमा चित्त बुझा...
error: Content is protected !!