- संगालोखबर सम्वाददाता

काठमाडौ । एसिसी वुमन्स टी २० च्याम्पियनसिप अन्तर्गत मंगलबार भएको खेलमा नेपाल हङकङसँग सात विकेटले पराजित भएको छ । मलेसियाको किनरारा ओभलमा भएको समूह चरणको अन्तिम खेलमा नेपालले दिएको एक सय १० रनको लक्ष्य हङकङले १५.५ ओभरमा तीन विकेट गुमाउनुअघि एक सय १२ रन बनायो ।

Advertisement

हङकङको लागि मारिको हिलले ४५, नतासा माइल्सले २८ र कप्तान केरी चानले १७ रनको योगदान गरे । नेपालकी संगिता राईले दुई तथा सीता राना मगरले एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउनुअघि एक सय नौ रनको योगफल तयार गरेको थियो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ३२ रनको योगदान गरिन् । उनले ३६ बलमा चार चौका प्रहार गरिन् ।

यस्तै, बिन्दु रावलले २३, अप्सरी बेगमले २२, सीता राना मगरले ९ र ममता चौधरीले सात रन जोडिन् । हङकङकी बेट्टी चानले दुई तथा मर्याम बिबी र इल्सा हब्बार्डले समान एक विकेट लिए । नेपाल हङकङसँग पराजित भएपनि एक खेल अगावै सेमिफाइनलमा पुगिसकेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!