- दिवेश खड्का

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाको ५ औं वार्षिकोत्सबको अवसरमा आयोजित वडा स्तरीय भलिबल खेल प्रतियोगिताको उपाधि वडा नंम्बर ६ सिधुवाले जितेको छ । ५० तोलाको चाँदीको शिल्ड राखेर विगत ४ वर्षदेखि आयोजना गर्दै आएको रनिङ शिल्ड प्रतियोगिताको प्रतिस्पर्धात्मक खेलमा छथर जोरपाटी वडा नंम्बर ६ ले वडा नंम्बर २ लाई फाइनलमा पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पारेको हो ।

Advertisement

वडा नंम्बर ६ ले उपाधि जितेसँगै ५० तोलाको चाँदीको रनिङ शिल्डसहित ४० हजार नगद पुरस्कार पाएको छ भने दोस्रो भएको वडा नंम्बर २ ले ट्रफीसहित ३० हजार नगद पाएको छ । त्यस्तै प्रतियोगितामा तेस्रो हुँने वडा नंम्बर १ ले ट्रफी र २० हजार नगदमा चित्त बुझाएको छ ।

प्रतियोगिताको उत्कृष्ट डिफेन्स राजु खड्का, लिफ्टर गणेश लिम्बु, उत्कृष्ट स्पाइकर निलम लिम्बू र उत्कृष्ट ब्लकर तथा खेलाडी याम बहादुर थापा घोषित भएका थिए । विजेता खेलाडीहरुलाई संघीय सभासद राजेन्द्र कुमार राई, जिल्ला समन्वय समिति सभापति टंक चुवान, गाउँपालिका अध्यक्ष शेर बहादुर लिम्बू र खेलकुद विकास समितिका अध्यक्ष चन्द्र कुमार लिम्बुले संयुक्त रुपमा पुरस्कार वितरण गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!