- संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगरको रानीमा १ नम्बर प्रदेश स्तरीय ‘मिल्स भेट्रान गोल्डकप’ प्रतियोगिता सञ्चालन गरिने भएको छ । आयोजक मिल्स भेट्रन्स क्लब रानीले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरेर रानीस्थित जुटमिलको खेल मैदानमा आगामी असोज १ देखि १० गतेसम्म प्रतियोगिता सञ्चालन गरिने जानकारी दिएको हो ।

Advertisement

पत्रकार सम्मेलनमा खेल संयोजक मनोज खड्काले फुटबल खेलको सम्बद्धन गर्दै खेल पारखीहरुका लागि प्रतियोगिता गर्न लागिएको जानकारी दिए । प्रतियोगितामा झापा, मोरङ र सुनसरीका १० वटा टिमले सहभागिता जनाउँनेछन् । प्रतियोगिताको विजेताले ५१ हजार १ सय ११ रुपैयाँ र उप–विजेताले ३१ हजार १ सय ११ रुपैयाँ पाउँनेछन् ।

प्रत्येक खेलमा म्यान अफ दी म्याच घोषणा गरी पुरस्कृत गरिनेछ । जनता समाजवादी पार्टीका मोरङ अध्यक्ष राजकुमार यादवले प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । अध्यक्ष यादवले प्रथम पुरस्कार ५१ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!