संगालोखबर


धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाको आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । सोमबार नगरपालिकाले वडा नम्बर १ र ८ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

शिविरमा वडा नम्बर १ मा ७१ जना र वडा नम्बर ८ मा ८३ जना महिलाको स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य शिविरमा आङ खस्ने, पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गरिनुका साथै परिवार योजनाका साधन सेवालगायतका बारेमा समेत जानकारी गराइएको थियो ।

Advertisement

शिविरमा वडा नम्बर ८ मा ८ जना र वडा नम्बर १ मा १ जना महिलामा पाठेघरको मुखको क्यान्सरको लक्षण देखा परेको उप–प्रमुख मञ्जु कार्की अधिकारीले जानकारी दिइन् । यसैगरी, केही वडामा क्षयरोगसँग सम्बन्धित लक्षण देखिएकाले खकार परीक्षण समेत गरिरहेको उनले बताइन् ।

स्वास्थ्य शिविरका क्रममा लक्षण देखिएका व्यक्तिलाई पुनः विशेषज्ञ डाक्टरसहितको शिविर राखेर थप परीक्षण गरिने उनले जानकारी दिइन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!