नेपाली क्रिकेटको ऐतिहासिक यात्राः आज पहिलो अन्तर्राष्ट्रिय एकदिवशीय क्रिकेट खेल्दै
काठमाडौँ, १६ साउन । नेपालले अाज ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गर्दैछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को तालिका अनुसार नेदरल्यान्डविरुद्ध तय भएको २ खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गतको पहिलो खेल खेल्दैछ । खेल एमस्टेलभिनस्थित भिरा क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउसो २ः४० बजेपछि शुरु हुनेछ ।
अाज हुने नेपाल र नेदरल्यान्डबीचको अन्तर्राष्ट्रिय एक...






























