संगालोखबर

विराटनगर । ‘बहुलराष्ट्रिय राज्य स्थापनार्थ’ पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतो र बुद्ध छिरिङ मोक्तानले सञ्चालन गरेको ‘राष्ट्रिय मुक्ति क्रान्ति’ ले पूर्वमा विविध गतिविधि गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । उक्त संगठनको गभर्निङ्ग काउन्सिलले जेठ ७ देखि २६ गतेसम्म विविध कार्यक्रम गर्ने सार्वजनिक गरेको छ । कार्यक्रम विस्तार साथै व्यवस्थापनमा सनम लिम्बू र सन्तोष मेहतालाई जिम्मेवारी दिइएको जनाइएको छ ।

Advertisement

यसैबीच, संगठनले जेठ ७ गते धरानमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । सन्जु खापुङ र श्याम शेरिङको संयोजकत्वमा ‘योङ इन्डिजिनिस्ट लिग’ समेतको सहभागितामा प्रशिक्षण कार्यक्रम गरिएको जनाइएको छ । पाँचथरको याङबरकमा ९ गते प्रशिक्षण कार्यक्रम रहेको संगठनले जनाएको छ । यसैगरी, १० र ११ गते पाँचथरको फिदिममा बैठकसहित छलफलको कार्यक्रम रहेको छ ।

१२ गते फिदिम बजारमा जन प्रदर्शनको कार्यक्रम तय भएको जनाइएको छ । यस्तै, १३ गते मोरङको रंगेलीमा अन्तरक्रियात्मक कार्यक्रम राखिएको छ भने १५ गते सुनसरीको इनरुवामा अन्तरक्रिया कार्यक्रम तय भएको छ । यसैगरी, १५ गते उदयपुरको गाईघाटमा अन्तरक्रियात्मक कार्यक्रम आयोजना हुने छ भने खोटाङ जिल्लाको दिक्तेलमा प्रारम्भिक बैठक राखिएको संगठनले जनाएको छ ।

धरानमा जेठ १८ र १९ गते अन्तरक्रिया, छलफल लगायतको कार्यक्रम रहेको उल्लेख गर्दै संगठनले जेठ २० देखि २५ गतेसम्म सम्पूर्ण जिल्लाका व्युरोसँग छलफल कार्यक्रम गर्ने तय भएको छ । २६ गते विराटनगरमा जनप्रदर्शनको कार्यक्रम राखिएको जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!