- सन्तोष सुवेदी/संंगालोखबर

धनकुटा । प्रदेश स्तरीय बुद्धिचाल प्रतियोगिताका लागि धनकुटाबाट खेलाडी छनौट गरिएको छ । सोमबार जिल्ला बुद्धिचाल संघको आयोजनामा छनौट प्रतियोगिता गरेर दुई जना खेलाडी छनौट गरिएको हो ।

Advertisement

पत्रकार महासङ्घको सभाहलमा भएको जिल्ला स्तरीय छनौट प्रतियोगिताबाट पूर्णबहादुर डंगोल र किरण लिम्बू (नरबहादुर) छनोट भएका हुन् । प्रतियोगितामा १२ जना खेलाडी सहभागि थिए । उनीहरूलाई पछि पार्दै डंगोल र लिम्बू छनौट भएका हुन् ।

प्रदेश स्तरीय बुद्धिचाल प्रतियोगिता आगामी भदौ १६ गतेदेखि हुने जिल्ला बुद्धिचाल संघका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!