- संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजना तथा होराइजन क्रिकेट क्लवको संयोजनमा सञ्चालित प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिताको बुधवारको खेलमा विरगञ्ज महानगरपालिका र जनकपुरधाम महानगरपालिका विजयी भएका छन् । विराटनगर–१९ मा रहेको वैजनाथपुरको खेल मैदानमा बुधबार पहिलो खेलमा विरगञ्ज र जनकपुर विजयी भएका हुन् ।

Advertisement

पहिलो खेलमा विरगञ्जले झापाको मेची नगरपालिकालाई ८ रनले पराजित गरेको छ । पराजित भएको झापाले लगातार दुई खेलमा पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको छ । झापा समुह वि को पहिलो खेलमा आयोजक विराटनगरसँग ३६ रनले पराजित भएको थियो । यो समुहबाट विरगञ्जसँगै आयोजक विराटनगर सेमिफाइनरमा प्रवेश गरेको छ । विराटनगर र विरगञ्जवीच समुह विजतेको लागि विहिबार लिगको अन्तिम खेल हुनेछ ।

टस जितेर ब्याटिङ गरेको विरगञ्जले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय २८ रनको योगफल खडा गरेको थियो । विरगञ्जका लागि हसिम अन्सारीले ३७ बनाउँदा साहिल पटेलले ३२ रन जोडे । पटेलले १४ बलमा २ छक्का र २ चौका प्रहार गरे । झापाका अंकित सुवेदीले ३ विकेट लिदा विशाल आर्चायले २ विकेट लिए ।

१ सय २९ रनको लक्ष्य पाएको झापाले पुरै ओभर खेल्दै ३ विकेट गुमाई १ सय २० रन मात्र बनाउँन सक्यो । झापाका लागि सुवाङर उराँव अविजित ४५ रन बनाउँदा अंकित सुवेदीले ३३ रन र अनिल लामिछानेले अविजित २६ रन बनाए । विरगञ्जका म्यान अफ द म्याच हसिम अन्सारी ४ ओभरमा १४ रन दिएर ३ विकेट लिए ।

दोस्रो खेलमा जनकपुरले सुनसरीको इनरुवालाई ७ विकेटले पराजित गरेको छ । जनकपुर एक खेल अगावै सेमिफाइनलमा पुगेको छ । लगातार दुई खेलमा पराजित भएसँगै इनरुवा प्रतियोगिताबाट बाहिरिएको छ । समुह ए मा जनकपुरसँगै राजविराज पनि सेमिफानलमा प्रवेश गरेको छ ।

टस जितेर ब्याटिङ गरेको इनरुवाले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ११ रनको बनाएको थियोे । इनरुवाका लागि विवेक मेहताले ४७ रन बनाउँदा रविन मण्डल २५ रनमा अविजित भए । जनकपुरका साइमन राँय र हरिशंकर साहले समान २–२ विकेट लिँदा दिनेश सहनी र सुमित मण्डलले १–१ विकेट लिए ।

१ सय १२ रनको सामान्य लक्ष्य पाएको जनकपुरले १८ दशमलव ३ बलमा ३ विकेट गुमाई सो विजयी लक्ष्य भेट्टाएको थियो । जनकपुरका लागि म्यान अफ म्याच हिमाञ्सु दत्त ४२ रनमा अविजित हुँदा हरिशंकर साहले ३३ रन र अकबर अलि २० रनमा अविजित भए । इनरुवाका विकल्प आचार्य, सराज बस्नेत र शिभम यादवले १–१ विकेट लिए ।

प्रतियोगितामा प्रदेश १ का आयोजक विराटनगर महानगरपालिका, इनरुवा नगरपालिका र मेची नगरपालिका तथा मदेश प्रदेशको विरगञ्ज महानगरपालिका, जनकपुरधाम महानगरपालिका र राजविराज नगरपालिका सहभागि भएका छन् । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार ट्रफि तथा उपविजेताले नगद ५१ हजार ट्रफि पाउँने छन् ।

६ टिमलाई दुई समुहमा विभाजन गरेर लिग कम नकआउटको अनधारमा खेलाईएको छ । समुहको टप दुई टिम सेमिफाइनलमा पुग्ने छन् । चैत्र २६ गतेसम्म हुने प्रतियोगिता सम्पन्न गर्न करिव १३ लाख खर्च हुने आयोजकले जनाएको छ । आयोजकका अनुसार विहिबारको पहिलो खेल जनकपुर र राजविराज र दोस्रो खेल आयोजक विराटनगर विरगञ्जविच हुनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!