- संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको राजारानीमा सञ्चालित तेस्रो चौबिसे रनिङ्ग कप फुटबल प्रतियोगिताको महिलातर्फको खेलको उपाधि चौबिसे गाउँपालिका–३ कुरुलेतेनुपाले जितेको छ । राजरानीस्थित मझुवाटार खेल मैदानमा आज सम्पन्न फाइनल खेलमा चौबिसे–१, ६ नं. बुधबारेलाई १–० गोल अन्तरले पराजित गर्दै कुरुलेतेनुपाले उपाधि चुमेको हो ।

Advertisement

कुरुलेलाई जित दिलाउँन दोस्रो हाफको ६ मिनेटमा सीता लिम्बुले एक मात्र निर्णायक गोल गरिन् । राजारानीस्थित रारा फुटबल क्लबको व्यवस्थापनमा चौबिसे गाउँपालिका खेलकुद विकास समितिले प्रतियोगिता आयोजना गरेको हो ।

महिला र पुरुष दुबैतर्फ बेग्ला–बेग्लै सञ्चालन भएको प्रतियोगितामा महिलातर्फको उपाधिका लागि आठ टिमबीच प्रतिष्पर्धा भएको थियो । महिलातर्फको खेल सम्पन्न भएपछि पुरुषतर्फको उपाधिका लागि अहिले चौबिसे–६ राजारानी र चौबिसे–८ बसन्तटारबीच फाइनल खेल भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!