गोमा ढुंगाना/संगालोखबर

धनकुटा । धनकुटाको राजारानीमा आजदेखि तेस्रो चौविसे रनिङ्ग कप फुटवल प्रतियोगिता सुरु भएको छ । चौविसे–६ राजारानीस्थित रारा फुटवल क्लवको व्यवस्थापनमा चौविसे गाउँपालिका खेलकुद विकास समितिले प्रतियोगिता आयोजना गरेको हो ।

Advertisement

एक कार्यक्रमकाबीच चौविसे गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले प्रमुख रेफ्रीलाई बल हस्तान्तरण गरेर प्रतियोगिता उद्घाटन गरेका छन् । प्रतियोगिता उद्घाटन गर्दै अध्यक्ष राईले गाउँपालिकाले खेलकुद क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको भन्दै यो क्षेत्रको विकासमा पालिकाले सधै सहयोग गर्ने बताए ।

महिला र पुरुष दुवैतर्फ हुँने प्रतियोगितामा चौविसे गाउँपालिकाका ८ वटै वडाका १६ टिम सहभागि छन् । महिला र पुरुषतर्फ वेग्ला–वेग्लै सञ्चालन हुँने खेलमा दुवैतर्फ ८/८ टिम सहभागि भएका हुन् ।

यसैबीच, प्रतियोगिताको पहिलो दिन चार खेल सम्पन्न भएका छन् । महिलातर्फ दुई र पुरुषतर्फ दुई खेल भएका हुन् । पुरुषतर्फ भएको पहिलो प्रतियोगितामा चौविसे–५ वोधेलाई २–१ गोल अन्तरले पराजित गर्दै चौविसे–७ मौनावुधुक विजयी भएको छ । त्यस्तै, चौविसे–४ कुरुलेलाई ५–० गोल अन्तरले हराउँदै चौविसे–६ राजारानीले विजयी सुरुवात गरेको छ ।

महिलातर्फको प्रतियोगितामा चौविसे–४ कुरुलेलाई १–० गोलले पराजित गर्दै चौविसे गाउँपालिका–१ छ नंं.वुधवारेको टिम विजयी भएको छ । यता, चौविसे–६ राजारानीलाई २–० गोलले पराजित गर्दै चौविसे–२ मुढेवास विजयी भएको छ । विजयी चार वटै टिम प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको आयोजकले जनाएको छ ।

प्रतियोगिता फागुन १० गतेसम्म सञ्चालन हुँनेछ । पुरुषतर्फ हुँने प्रतियोगिताको विजेताले ६० हजार र उप–विजेताले ४० हजार पाउँनेछन् । यता, महिलातर्फका विजेताले ३० हजार र उप–विजेताले २० हजार नगद पुरस्कार पाउँने प्रतियोगिता आयोजक चौविसे गाउँपालिका खेलकुद विकास समितिका संयोजक एवं गाउँपालिका उपाध्यक्ष यज्ञकुमारी रुचालले जानकारी दिइन् ।

तस्वीर सौजन्य : सन्तोष रुचाल

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!