- सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटाको चौविसे गाउँपालिकाले राष्ट्रिय फुटवल रेफ्री तुफान चेम्जोङ्गलाई सम्मान गरेको छ । तेस्रो चैविसे रनिङ्ग कप फुटबल प्रतियोगिता समापनको अवसर पारेर रेफ्री चेम्जोङ्गलाई नगद २० हजारसहित सम्मान गरिएको हो ।

Advertisement

कार्यक्रममा प्रदेश सभा सदस्य द्वय निरन राई र विनादेवी राई, चौविसे गाउँपालिका अध्यक्ष खजिन्द्र राई र उपाध्यक्ष यज्ञकुमारी रुचालले दोसल्ला ओढाएर नगद र सम्मान पत्र प्रदान गरी रेफ्री चेम्जोङ्गलाई सम्मान गरे । सो अवसरमा रेफ्री चेम्जोङ्गका वुवा देवीकुमारलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

चौविसे–६, राजारानी घर भएका चेम्जोङ्ग सन् २०१७ मा राष्ट्रिय रेफ्री छनोट भएका हुन् । उनले फिफा र एएफसीको फिजिकल टेष्ट पास गरी ए–डिभिजन राष्ट्रिय लिग–२०७८ मा डेब्यु गरे । राष्ट्रिय फटबल लिग खेलाउने उनी धनकुटाको पहिलो रेफ्री हुन् ।
चौविसेमा जन्मिएर खेल क्षेत्रमा राष्ट्रिय पहिचान बनाउँनु चौविसे गाउँपालिकाबासीका लागि गौरवको बिषय भएकाले रेफ्री चेम्जोङ्गलाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष राईले बताए ।

खेल क्षेत्रका लागि चौविसे गाउँपालिका उर्वर भूमिको रुपमा चिनिन्छ । फुटबल क्षेत्रमा राष्ट्रिय पहिचान बनाएका किरण चेम्जोङ्ग र बुद्ध चेम्जोङ्ग पनि चौविसेकै हुन् । चौविसे गाउँपालिकाले खेल क्षेत्रलाई प्राथमिकतामा राखेर बिभिन्न गतिविधि गर्दै आएको छ । खेल क्षेत्रको विकासका लागि बार्षिक करिब ८० लाख बजेट खर्च गर्ने गरिएको गाउँपालिकाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!