संगालोखबर सम्वाददाता

विराटनगर । नेपाली सेना र सुदूरपश्चिम प्रदेश विराटनगरमा जारी शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् । शहिद रंगशालामा शुक्रबार भएको खेलमा गण्डकी प्रदेशलाई हराउँदै सुदूरपश्चिम र लुम्बिनी प्रदेशलाई पराजित गर्दै नेपाली सेनाको टिम उपाधि नजिक पुगेका हुन् ।

Advertisement

पहिलो खेलमा गण्डकी प्रदेशलाई ३–१ गोलले हराउँदै सुदूरपश्चिम प्रदेश फाइनल प्रवेश गर्यो । सुदूरपश्चिमलाई जित दिलाउँन केशवराज जोशी, नरेन्द्र कार्की र कान्तुराम पनेरुले समान १/१ गोल गरे । गण्डकीका लागि रोहित लामाले एक गोल गरे । दोस्रो खेलमा लुम्बिनी प्रदेशलाई ५–१ गोलले पराजित गर्दै नेपाली सेनाको टिम फाइनल पुगेको हो । सेनालाई जित दिलाउँन रोमन राणाले ४ र राजेन्द्र कार्कीले १ गोल गरे । पहिलो खेलमा सुदूरपश्चिमका केशवराज जोशी र दोस्रो खेलमा सेनाका रंजित राउत म्याद अफ दी म्याच घोषित भएका छन् ।

अब उपाधिका लागि शनिवार दिउँसो नेपाली सेना र सुदूरपश्चिम भिड्नेछन् । यता, तेस्रो स्थानका लागि शनिवार बिहान गण्डकी प्रदेश र लुुम्बिनी प्रदेशबीच खेल हुने छ । गत मंगलबारबाट सुरु भएको प्रतियोगितामा विभागीय टोली नेपाली सेनासहित कर्णाली प्रदेश बाहेक छ वटै प्रदेशका सात टिमबीच प्रतिष्प्रधा भएको हो । प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३५ हजार र तृतियले १५ हजार नगद पुरस्कार पाउँने आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!