- संगालोखबर सम्बाददाता

विराटनगर । नेपाली सेनाले विराटनगरमा सञ्चालित शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि जितेको छ । शहिद रंगशालामा शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ७–१ गोलअन्तरले पराजित गर्दै सेनाले उपाधिमाथि कब्जा जमाएको हो ।

Advertisement

सेनालाई उपाधि दिलाउँन राजेन्द्र कार्की, सुमितकुमार कामी र रोमन राना मगरले समान २/२ गोल र प्रदीप राजवंशीले एक गोल गरे । सुदूरपश्चिम प्रदेशका केशवराज जोशीले एक गोल फर्काए । खेलको म्यान अफ दी म्याच सेनाका सुमितकुमार कामी घोषित भएका छन् ।

त्यस्तै, गण्डकी प्रदेश प्रतियोगिताको तृतिय बनेको छ । तेस्रो स्थानका लागि शनिवार नै भएको खेलमा लुम्बिनी प्रदेशलाई ५–० गोलअन्तरले पराजित गर्दै गण्डकी बिजयी बनेको हो । गण्डकीका अशिम ठकुरीले ४ र पिताम्बर थापाले १ गोल गरे । खेलको म्याद अफ दी म्याच गण्डकीका अशिम ठकुरी घोषित भए ।

उपाधिसँगै नेपाली सेनाको टिमले नगद ७५ हजार र ट्रफी प्राप्त गरेको छ भने उप–विजेता सुदूरपश्चिमले ४१ हजारमा चित्त बुझाएको छ । त्यस्तै तेस्रो हुने गण्डकी प्रदेशले २१ हजार पाएको छ । प्रतियोगितामा सेनाका सुमितकुमार कामी सर्वोत्कृट खेलाडी, रोमन राना मगर सर्वाधिक गोलकर्ता, पुरन ओली उत्कृष्ट गोलरक्षक, लुम्बिनीका अथनान अन्सारी उदयमान खेलाडी र सुदूरपश्चिमका केशवराज जोशी उत्कृष्ट डिफेन्डर घोषित भए । उनीहरुले समान ५/५ हजार नगद पुरस्कार पाएका छन् ।

बिजयी टिम तथा खेलाडीहरुलाई प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई, नेपाल हक्की संघका वरिष्ठ उपाध्यक्ष अनिलप्रसाद शर्मा, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउत, विराट गोल्डकप ट्रष्टका अध्यक्ष सन्तोष बानियाँ, नेपाल हक्की संघका जिल्ला अध्यक्ष राजेश गुप्तालगायतले पुरस्कार प्रदान गरेका छन् ।

नेपाल हक्की संघको अयोजनामा गत मंगलबारबाट सुरु भएको प्रतियोगितामा विभागीय टोली नेपाली सेनासहित कर्णाली प्रदेश बाहेक छ वटै प्रदेशका सात टिमबीच उपाधिका लागि प्रतिष्प्रधा भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!