- संगालोखबर सम्बाददाता

धनकुटा । साँगुरीगढीको फेदीस्थित अजम्बरी युवा क्लबले सहिदभूमि गाँउपालिका–१ सफाईटार लामेचौरमा सञ्चालित नवौं छिन्ताङ सहिदकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनल खेलमा नाम्जे युवा क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै अजम्बरी युवा क्लवले उपाधिमाथि कब्जा जमाएको हो ।

उपाधिसँगै अजम्बरी युवा क्लबले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने उप–विजेता नाम्जे युवा क्लबले ५० हजारमा चित्त बुझाएको छ । प्रतियोगिता अवधिभर ६ गोल गरेका नाम्जेका सौरज राउत सर्वाधिक गोलकर्ता घोषित भए । अजम्वरी युवा क्लवका कृष्ण राईलाई उत्कृष्ट खेलाडी घोषित गरियो । उनीहरु दुवै जनाले जनही ४/४ हजार नगद पुरस्कार पाएका छन् ।

प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार राई, सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राई, मितेरी युवा क्लवका अध्यक्ष दुर्गा खड्का लगायतले खेलाडीहरुलाई पुरस्कार प्रदान गरेका छन् । मितेरी युवा क्लबको आयोजनामा माघ १६ गतेदेखि सुरु भएको प्रतियोगिता पाँच दिनसम्म सञ्चालन भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!