संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको राजारानीमा सञ्चालित तेस्रो चौबिसे रनिङ्ग कप फुटबल प्रतियोगिताको पुरुषतर्फको खेलको उपाधि चौबिसे गाउँपालिका–६ राजारानीले जितेको छ । राजरानीस्थित मझुवाटार खेल मैदानमा आज सम्पन्न फाइनल खेलमा चौबिसे–८ बसन्तटारलाई ८–० गोल अन्तरले पराजित गर्दै राजारानीले उपाधि जितेको हो ।

Advertisement

राजारानीस्थित रारा फुटबल क्लबको व्यवस्थापनमा चौबिसे गाउँपालिका खेलकुद विकास समितिले प्रतियोगिता आयोजना गरेको हो । महिला र पुरुष दुबैतर्फ बेग्ला–बेग्लै प्रतियोगिता सञ्चालन भएको थियो ।

महिलातर्फको खेलको उपाधि चौबिसे गाउँपालिका–३ कुरुलेतेनुपाले जितेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!