- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटामा आगामी असोज १३ गते दौड प्रतियोगिता गरिने भएको छ । मुटु दिवसको अवसर पारेर पूर्व प्रहरी संस्थाले खुल्ला र महिला ‘रोड रेस’ गर्न लागेको हो ।

Advertisement

आयोजक पूर्व प्रहरी संस्थाले सोमबार धनकुटामा पत्रकार सम्मेलन गरेर खुल्ला १५ किलोमिटर र महिलातर्फ ८ किलोमिटरको रेस गर्न लागिएको जानकारी दिएको हो । धनकुटा नगरपालिका–९ रुद्रवारीस्थित कोशी राजमार्गबाट खुल्ला रेस सुरु गरिनेछ । त्यस्तै, महिलाका लागि गुठिटारबाट रेस सुरु गरेर धनकुटा बजारका  विभिन्न क्षेत्र परिक्रमा गर्दै मदन चोकमा आएर रेस समापन गरिनेछ ।

खुल्लातर्फको प्रतियोगितामा प्रथम हुनेले ३० हजार, दोस्रोले २० हजार र तेस्रो हुनेले १० हजार नगद पुरस्कार पाउनेछन् । महिलातर्फ प्रथम हुनेले १० हजार, दोस्रोले ७ हजार र तेस्रो हुनेले ५ हजार नगद पुरस्कार पाउने संस्थाका अध्यक्ष योगेन्द्र कार्कीले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!