- सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटामा सहिद रामकृष्ण श्रेष्ठ पालिका स्तरीय महिला फुटवल प्रतियोगिता सञ्चालन गरिने भएको छ । सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानले आइतवार पत्रकार सम्मेलन गरेर जेठ अन्तिम साता प्रतियोगिता सञ्चालन गर्ने जानकारी दिएको हो ।

Advertisement

धनकुटाको टुडिखेलमा जेठ २४ गतेदेखि २८ गतेसम्म प्रतियोगिता सञ्चालन गरिने प्रतिष्ठानका अध्यक्ष इश्वर श्रेष्ठले बताए । प्रतियोगितामा जिल्लाका सात वटै पालिकाका खेलाडीहरु सहभागि हुुनेछन् । प्रतियोगिताको विजेतालाई नगद ५० हजार र उप–विजेतालाई नगद ३० हजार प्रदान गरिनेछ छ ।

२०३० साल चैत्र ३ गते तत्कालिन राजा विरेन्द्र विराटनगर आउँदा बम प्रहार गर्ने क्रममा मृत्यु भएका रामकृष्ण श्रेष्ठलाई सरकारले २०७४ माघ ३ गते सहिद घोषणा गरेको थियो । उनकै सम्मानमा २०७६ सालदेखि महिला फुटबल प्रतियोगिता सञ्चालन गर्न थालिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!