संगालोखबर

विराटनगर । मोरङ जिल्ला अदालत परिसर अगाडि राखिएको मोटरसाइकल चोरी गर्ने प्रयास गर्दै गरेको अवस्थामा मंगलबार प्रहरीले दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार भारतको मिरगन्जका २८ वर्षीय एहसान सेख र २० वर्षीय साजिद रजालाई नियन्त्रणमा लिइएको हो ।

Advertisement

अदालत अगाडि सडकमा पार्किङ गरी राखिएका दुईवटा मोटरसाइकल उनीहरुले चोरी गर्ने प्रयास गरेका थिए । मोटरसाइकलको ‘लक’ खोल्दै गरेको अवस्थामा उनीहरुलाई प्रहरीले फेला पारेको थियो ।

प्रदेश १–०२०४४–७०२९ नम्बर अपाचे तथा को ८ प ८८६८ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल उनीहरुले चोरी गर्न खोजेका थिए । पक्राउ परेका दुवैलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!