- सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटामा आइतवारदेखि पालिका स्तरीय महिला फुटबल प्रतियोगिता सुरु भएको छ । सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानको आयोजनामा तल्लो टुडिखेलमा प्रतियोगिता आयोजना गरिएको हो ।

Advertisement

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले एक कार्यक्रमकाबीच पानसमा दीप प्रज्जवल गरेर प्रतियोगिता उद्घाटन गरे । प्रतियोगिता उद्घाटन गर्दै तामाङले धनकुटामा अहिले खेलकुद क्षेत्र निदाइरहेको हुनाले यसलाई बिउझाएर तीव्र गतिमा अघि बढाउँनुपर्ने बताए । यसका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने उनले प्रतिवद्धता पनि जनाए ।

प्रतियोगिताको उद्घाटन खेलमा महालक्ष्मी नगरपालिकालाई ८–० गोल अन्तरले पराजित गर्दै धनकुटा नगरपालिका विजयी भएको छ । अब भोलि सहिदभूमि र साँगुरीगढी गाउँपालिकाबीच पहिलो तथा चौविसे गाउँपालिका र पाख्रीबास नगरपालिकाबीच दोस्रो खेल हुने आयोजकले जनाएको छ ।

प्रतियोगिता पाँच दिन अर्थात असार १ गतेसम्म सञ्चालन हुँनेछ । विजेताले नगद ५० हजार र उपविजेताले ३० हजार पाउँने छन् । प्रतियोगितामा जिल्लाका सात वटै पालिकाका महिला टिमहरुको सहभागिता छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!