संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । विराटनगरस्थित मोरङ जिल्ला कारागारका एकजना कैदीको मंगलबार मृत्यु भएको छ । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० घर भएका ३९ वर्षीय धनबहादुर थापाको मृत्यु भएको हो ।

मुटुसम्बन्धी समस्या भएका थापा एक्कासि बेहोस भएका थिए । उनलाई तत्कालै उपचारका लागि कोशी अस्पताल लगिएको थियो । त्यहाँ पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

Advertisement

कारागार प्रशासनका अनुसार थापा लागूऔषध मुद्दामा जिल्ला अदालत मोरङबाट दोषी ठहर भइ दुई वर्षको कैद सजाय भोगिरहेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!