संगालोखबर


विराटनगर । मोरङको बेलबारीमा करेन्ट लागेर मंगलबार स्थानीय कुखुरा फार्म सञ्चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार करेन्ट लागेर बेलबारी नगरपालिका–९ का ३७ वर्षीय अनिल शेर्पाको मृत्यु भएको हो ।

आफूले सञ्चालन गरेको कुखुरा फार्ममा पंखा जडान गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरस्थित नोवेल अस्पताल ल्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!