संगालोखबर


विराटनगर । नेपाल प्रेस युनियनको ३३औं स्थापना दिवसका अवसरमा युनियन कोशी प्रदेश समितिले सञ्चारकर्मीहरूबीच खुल्ला दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।

जेठ १० गते बिहीबार महिला–पुरुष सञ्चारकर्मीहरुबीच दौड प्रतियोगिता आयोजना हुन लागेको हो । ‘सक्रिय पत्रकारिताका लागि स्वस्थ शरीर, स्वस्थ शरीरका लागि नियमित व्यायाम र आहारबिहार’ भन्ने नाराका साथ दौड प्रतियोगिता आयोजना गरिएको युनियनका प्रदेश अध्यक्ष मीनकुमार नवोदितले जानकारी दिए ।

Advertisement

बिहान ६ बजे विराटनगरस्थित महेन्द्रचोकबाट सुरु हुने दौड प्रतियोगिता बरगाछी उत्तरमा अवस्थित होटल मनास्लु इनमा पुगेर समापन हुने जनाइएको छ । दौड प्रतियोगिताको दूरी २३ सय मिटर रहेको छ । महिला र पुरुष दुवै विधामा हुने प्रतियोगिताका विजेतालाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने युनियनले जनाएको छ ।

युनियनले सोही दिन स्थापना दिवसका अवसरमा अग्रज पत्रकार सम्मान, ‘प्रदेशको स्थायित्व र विकासमा सञ्चारकर्मीको भूमिका’ विषयक विचारगोष्ठीका साथै कोशी प्रदेश भेला पनि आयोजना गर्ने भएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!