संगालोखबर

विराटनगर । सामाजिक कार्यमा सक्रिय रहँदै आएको विराटनगरस्थित विराट मानव सेवा समाजमा नयाँ नेतृत्व चयन भएको छ । कृष्णबहादुर बस्नेतको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

Advertisement

समाजको वरिष्ठ उपाध्यक्षमा दिनेशराज सुवेदी, उपाध्यक्षमा श्यामसुन्दर (मिलन) पौडेल, सचिवमा सञ्जित रिजाल, सहसचिवमा राजकुमार दाहाल र कोषाध्यक्षमा निर्मला अधिकारी तथा सहकोषाध्यक्षमा दिलिप तामाङ चयन भएका छन् । यसैगरी, कार्यसमितिका सदस्यहरूमा गोपाल पौडेल, सीता बराल, चम्पा कार्की, मधु गुप्ता, विमला कार्की, राखी कार्की, सोमनाथ तिम्सिना, राजन न्यौपाने चुनिएका छन् ।

संस्थाकी अध्यक्ष लीना उपाध्यायको अध्यक्षतामा भएको साधारण सभाका अवसरमा निकट भविष्यमा संस्थाले विराटनगरमा मानसिक अस्पताल निर्माण गरेर त्यस्ता बिरामीलाई उपचार गर्ने व्यवस्था गर्ने जनाइएको थियो । खासगरी मानसिक सन्तुलन कमजोर भएका असहायहरूलाई मानवीय कल्याणका दृष्टिकोणबाट स्वास्थ्य सेवा प्रदान गरेरसामान्य जीवनमा फर्काउने उद्देश्यले स्थापित समाज नेपालले हालसम्म निकै बिरामीलाई उपचार गराउन सफल भएको छ ।

पत्ता लागेसम्म र सकेसम्म परिवारका अभिभावकको अनुमति लिएर त्यस्ता बिरामीलाई अस्पताल लगेर संस्थाको पहल र खर्चबाट उपचारपछि अभिभावकलाई नै जिम्मा लगाउने गरिएको संस्थाले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!