- संगालोखबर सम्वाददाता

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेमाथि बलात्कारको आरोप लागेको छ । लामिछानेले १५ बर्षीया वालिकामाथि बलात्कार गरेको आरोप लागेको हो ।

Advertisement

लामिछानेले बलात्कार गरेको भन्दै मंगलवार प्रहरी वृत्त गौशालामा उजुरी परेको छ । सामाजिक सञ्जालमार्फत सन्दीप र ती वालिकाबीच सम्पर्क भएको र भेटघाटपछि प्रलोभनमा पारेर बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।

लामिछाने अहिले क्रिकेट खेलका लागि विदेशमा छन् । उनी विदेश जानु अघि घटना भएको बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!