- सन्तोष सुवेदी/संंगालोखबर

धनकुटा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि धनकुटाबाट खेलाडी छनौटको काम भइरहेको छ । जिल्ला खेलकुद विकास समितिले छनौट खेलहरू सञ्चालन गरेर खेलाडी छान्ने काम गरिरहेको हो ।

Advertisement

धनकुटाको तल्लो टुँडिखेल, कभर्ड हल लगायतमा छनौट खेल सञ्चालन भइरहेका छन् । फुटबल, भलिबल, एथ्लेटिक्स, ब्याडमिन्टन, टेबलटेनिस, कराते, उसु, तेक्वान्दो, बक्सिङ, कब्बडी, हाइटेक तेक्वान्दो, बुद्धिचाल लगायत १३ खेलका खेलाडी छनौटको काम भइरहेको खेलकुद विकास समितिका अध्यक्ष मनोज चाम्लिङ राईले जानकारी दिए । १० गतेभित्र सक्ने गरी खेलाडी छनौटको काम भइरहेको छ ।

असोज २८ देखि कात्तिक ३ गतेसम्म पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । जसका लागि धनकुटामा ३ सय ९६ खेलाडीले नाम दर्ता गराएका थिए । २ सय १९ जना छनौट भएर प्रदेश स्तरीय प्रतियोगितामा भाग लिन जाने छन् ।

प्रदेशमा भदौ १६ देखि असोज १० गतेसम्म छनौट प्रतियोगिता हुनेछ । प्रदेशबाट छनौट भएका खेलाडी राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि हुनेछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!