कथा : जन्तर
मैले झल्यासैं बुबाले दिएको जन्तर सम्झें । अन्तिम सास लिदा उहाँले मलाई भन्नु भएको कुरा झल्झली याद आयो । “यो जन्तर जतन गरेर राख्नु । तैले बिहे गरेर जब तेरो छोरा/छोरी हुन्छ तब मात्र यो जन्तर भित्र मैले केही महत्वपूर्ण कुरा राखेको छु, खोलेर हेर्नु ।” बुबा रहुन्जेल र मैले बिहे नगरुन्जेल मलाई जन्तरपटी कहिल्यै ध्यान गएन । बुबाको वचन काट्दिन भनेर मैले जन्तर सुरक्षित रुपमा सन्दुकभित्र हालेर राखेको थिए ।
...


























