प्रेरणादायी पुस्तक ‘नेपालमै सकिन्छ’ सार्वजनिक
काठमाडौं । टेलिभिजन पत्रकार रोहित भण्डारीको दोस्रो पुस्तक “नेपालमै सकिन्छ” एक कार्यक्रमका बीच सार्वजनिक भएको छ । काठमाडौंमा गरिएको कार्यक्रममा उद्यमी तथा लेखक कर्ण शाक्य, पत्रकार रविन्द्र मिश्र, समाजसेवी उत्तम सञ्जेल तथा सम्भव छ अभियानका व्यवस्थापक डिल्ली तुलाधरले पुस्तकको संयुक्त रुपमा लोकार्पण गरेका छन् ।
पुस्तक विमोचन कार्यक्रममा बोल्दै पत्रकार रवीन्द्र मिश्रले प्रेरणादायी व्यक्ति तथा सन्दर्भह...
