- भोजराज जमरकट्टेल
भोजराज जमरकट्टेल, विराटनगर-१९ मोरङ

नेता,
सरकार
राजनीतिका बेतुकका कुरा नगर्रौ
बेतुकका कुराका निम्ति समय नखर्चियौं ।
बरु
आफू र आफ्नो परिवारको निम्ति समय खर्चियौं
कोरोनाले विश्व गाँजेको छ
बेतुकका गफमा जाने समयलाई उपयोग गर्रौ
बरु परिवार मिलेर कोरोना महामारीसगं डटेर लडौं
नाँक मुख छोपिने गरी मास्क लगाऔं
सामाजिक दुरी कायम गरौं,
सेनिटाईजरको प्रयोग गरौं
साबुन पानीले बारम्बार हात धोऔं,
कोरोना लागि हाले
डाक्टरसँग परामर्श गरौं
मेडिशिन
जडिबुटि
व्यायाम
फलफुल
खानपान लगायतमा विशेष ध्यान दियौं
आत्माबल बढायौं,
कोरोनालाई अवश्य जितिन्छ,
तर
आफू र आफ्नो परिवारको निम्ति समय खर्चियौं
नत्र कोरोनाले परिवारलार्ई गाँज्छ
अनि कोरोनाले तँपाईको परिवारलाई टपक्कै टिपेर लैजाला नि ?
त्यसैले बेलैमा होसियार बनौं
सरकारको मुख नताकौं
सोच विचार गरी कोरोना महामारीसँग डटेर लडौं
जित अवश्य हुनेछ,
नेता, सरकार र राजनीतिका बेतुकका कुरा गरी समयलाई बर्वाद नपारौं ।
बेतुकका गफमा जाने समयलाई परिवारका निम्ति उपयोग गर्रौ

बेतुकका कुरामा समय नफालौं
बेतुकका गफमा जाने समयलाई उपयोग गर्रौ
बरु परिवारसग मिलेर कोरोना महामारीसँग डटेर लडौं
नेता,
सरकार
राजनीति
यो देशमा कोरोनाभन्दा ठूलो महामारी बनिरहेको छ
हिजो
आज
अनि भोलि पनि
एउटा आउछ चर्का कुरा गर्छ
अर्को उस्तै छ
यो न त्यो कुनैमा कमी छैनन्
मैले यो गरे त्यो गर्छुं त्यो गर्दैछु भन्छन्,
मस्त लुट्छ
सकेसम्म लुट्छ
उस्लाई नि ढाल्छन अन्ततः धरहरा झैं आफैं ढल्छ,
अनि अर्को आउने होला
आउछ पनि आईहाल्छ बेरै लाग्दैन
कसैको बोलिको ठेगान छ्रैन
कसैको बोलि बुझिदैन
तर
सबैको सेवातिर भन्दा मेवातिर नै ध्यान छ
हुन त उस्को पनि ध्यान लुटानमै छ ।
भेटेजति लुट्छन्
सकेजति लुट्छन्
लुट्छन अवश्य लुट्छन्
फरक यति छ
कोही थोरै
कोही धेरै
लुट्दा लुट्दै
अघिल्लो चुनावमा मासु चिउरेसँग गरेका कबुल
नत मासु चिउरेलाई याद छ
नत लुटान राजनेतालाई
हुन पनि सरकारमा हुँदा लुटेको धन
निर्वाचनमा जनतालाई मासु चिउरा
बाँकी महल र चारपाङ्ग्रेमा सकिन्छ

Advertisement

हिउदभरि मासु चिउरे चिया अडडामा भाषण ठोकेर बस्छन्
बर्खायाममा
बाढी
पहिरो
डुवान
महामारी
भुकम्पले गाँउ शहरबजार सखाप पार्छ
अनि होशमा आएर मासु चिउरे भन्छन् “यो देशमा जुन जोगी आए पनि कानै चिरेका”
छ त मासु चिउरेलाई चुनावमा असल नेतृत्व छान्ने बुद्दी ?

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!