
भैरहेछ यहाँ
हत्या र बिसङ्गतिको खेती
चली रहेछ मध्य रातमा यहाँ
अपहरण र बलात्कृतको
सङ्ख्यामा अति नै बेसि
छैन पृथ्वीमा यस्तो देश
जहाँ जनता मरिरहेको बेला
सरकारमा खुसियाली
छाउने एक मात्र भेष।
सुन्दै छु आज हस्पिटलमा छैन रे बेड
आफ्नै आमा, छोरा
अनि परिवार पनि गर्न हुन्न रे भेट
के सुन्दै छु आज मेरो थोत्रो कानले
रातारात बालुवाटार
अनि सितल निवासको त
भयो रे त भेट।
जनता मरिरहेछन्
छैन औषधि र अक्सिजन
किन्नलाई पैसा
हुन्छ रे त तीन वर्षमा चुनाव
हैन के आयो यस्तो
गणतन्त्रको व्यवस्था
आफ्नो स्वार्थको लागि
चुनाव गर्न पैसा पनि हुने
हे मेरो सरकार !
संविधानको ३५ धारा
कागजमा मात्रै हो जनताले लिने ?
सुनि रहेछु कतै हल्ला
पाँच वर्षलाई दिएको हो भोट
भ्याक्सिन किन्न पैसा नहुने
चुनाव गर्न जति पनि नोट
त्यसैले यस्तो प्रवृत्तिका नेतालाई त
पुर्याउनु पर्छ यसपालि त ठूलै चोट
सुरु भयो अरे अब निर्वाचनको लागि
सधै हुन्थ्यो स्कूल कलेज
भएको छ रे आर्यघाटमा पनि यसपालि त निर्वाचनकै तयारी।
मेरो लागि मतपत्र छाप्ने खर्च
अक्सिजनमा हाल्दे
धेरै जनता उतै छन् सरकार
त्यसैले मतपेटिका बोकेर
आर्यघाटमा नै आइदे
त्यहाँ तेरै इच्छा अनुसार
आफ्नो स्वार्थ पूरा हुनेगरी
भोट लिन त पाउछस
त्यसैले त सरकार जनताविहिन
निर्वाचन गर्नमा रुचाउँछस।