हेमचन्द्र दाहाल
हेमचन्द्र दाहाल, चौबिसे गाउँपालिका-३ कुरुले तेनुपा, धनकुटा (हाल काठमाडौं)

स्थान थियो बनारस
भाद्र २४ गते
उदाएथ्यो सुन्दर दिन
देशको मुहार फेर्ने
सामन्ती र निरङ्कुसको
भन्डाफोर गर्ने
ठाउँ आफ्नो गाउँ आफ्नो
शान्ति छैन कतै
बिपिले पो सुरु गरे
राणा निमोठ्नलाई।

दिए शिक्षा चारै कुना
पारे सबै शिक्षित
मानव भै बाच्नु पार्छ स्वतन्त्र रहि
अन्याय र अत्याचार
धेरै भयो अब
राणा शासन अन्त्य गर्नु पर्छ
सबै मिलि लाग।

सबै भए एक जुट
अब थाले बोल्न
शासकहरु डराएर
थाले पर भाग्न
शासक भए पराजय
जनताको हाइहाइ
प्रजातन्त्र ल्याउन
बिपिको योगदान
नभुलौ है दाजु भाई।

धेरै पाए दुख उनले
देशको लागि बोल्दा
जेलमै बसी लेखेका छन्
धेरै कथा र कविता
मास थियो श्रावणको
दिन ६ नै पर्यो
सिमसिम पानी पर्दा खेरी
बिपिको निधन भयो
नेपाल आमा रुन थालिन्
छन् अब पुत्र
अरु सन्तान भए पनि
मलाई नै बेच्न खोज्ने
यी त हुन् मेरा कुपुत्र।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!