संगालोखबर सम्वाददाता

विराटनगर । वरिष्ठ रङकर्मी सुनील पोखरेलको परिकल्पना तथा संयोजनमा तयार भएको नाटक ‘अर्काे अर्थ नलागेमा’ विराटनगरमा मञ्चन हुने भएको छ । चैत १७ देखि २० गतेसम्म आरोहण–गुरुकुलको सुशीला कोइराला नाटकघरमा साँझ ५ बजे नाटक मञ्चन हुने भएको हो ।

Advertisement

लेखक तथा भाषाविद् शरच्चन्द्र वस्तीको स्तम्भका लेखहरु ‘अर्काे अर्थ नलागेमा…’ नाटकमा रुपान्तरण गरी १० जना निर्देशकले निर्देशन गरेका छन् । यसअघि काठमाडौंमा २० दिन मञ्चन भएको उक्त नाटक विराटनगरमा मञ्चन गर्न लागिएको आरोहण गुरुकुलले जनाएको छ । १० जना विद्यार्थीहरुले निर्देशन गरेको नाटकमा ३७ जना विद्यार्थीहरुले अभिनय गरेका छन् ।

वस्तीले हरेक शनिबार कान्तिपुर दैनिकमा ‘अर्काे अर्थ नलागेमा…’ शीर्षकमा लेख्दै आइरहेको स्तम्भमध्ये करिब एक दर्जन स्तम्भ जोडेर नाटक तयार गरिएको छ । नाटकमा देशको वर्तमान सामाजिक तथा राजनीतिक घटनाक्रमलाई व्यंग्यात्मक ढंगले प्रस्तुत गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!