दिवेश खड्का

बा,
मलाई एक थान
सपना देख्न सिकाइदिनुन !!

Advertisement

बा,
तपाईको पट-पट फुटेका हातहरुबाट आएको सुगन्धित
बासनाको अर्थ बुझाइदिनुन !!

बा,
तपाइको चरक-चरक चर्किएको
पैतालले टेक्ने धर्तिको रहस्य बताइदिनुन !!

बा,
गोरुसँगै दिनरात जोतिएका तपाइको शरीरको
थकानको मूल्य बताइदिनुन !!

बा,
निस्पट्ट अँध्यारो रातमा
तपाई उज्यालो बनी आउनुहुन्छ
तपाईको प्रकाशको राज बताइदिनुन !!

बा,
तपाइले भोगेका कर्म जस्तै
भाग्य रेखा कोर्न सिकाइदिनुन !!

बा,
अनि अन्त्यमा
तपाईं ज्ञानको भण्डार हुनुहुन्छ !!
मलाई हिमाल, पहाड, तराई
जीवन मूल्य मान्यता
र सबैभन्दा महत्वपूर्ण ‘बा’ हुनुको
अर्थ बुझाइदिनुन !!

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!