- सुष्मा ढकाल
सुष्मा ढकाल, महालक्ष्मी नगरपालिका–५, धनकुटा

कोखमा राखी जन्मायौ मलाई मेरी आमा
यो सुन्दर संसार देखायौ मलाई मेरी आमा
सहेर ती प्रसव पीडा रमायौ मलाई हेर्दाहेर्दै
काखमा राखी दुध चुसाऊदै

त्यसैले त
मलाई मेरी आमा असाध्यै प्रिय लाग्छ ।

दिनरात स्याहार–सुसार गरेर थाकिनौ कहिल्यै
ताते–ताते गरी हिड्न सिकायौ मलाई मेरी आमा
बिरामी म पर्दा अतालिदै
पिठ्युमा बोकेर घुमायौ

त्यसैले त
मलाई मेरी आमा असाध्यै प्रिय लाग्छ ।

मेरो सानो चोटमा पनी आँसु खसाएर
मायाले सुम्सुम्याउदै छातीमा टसाएर
माया गरिरह्यौ मलाई मेरी आमा

त्यसैले त
मलाई मेरी आमा असाध्यै प्रिय लाग्छ ।

तोते बोलिमै बाबा–आमा मुस्कुराउँदै सिकायौ
हात समाती क, ख लेख्ने बनायौ
माया र स्नेह सधै गरी
सबैमा आदर र सत्कार गर्न लगायौ

त्यसैले त
मलाई मेरी आमा असाध्यै प्रिय लाग्छ ।

अहिले ,
बलेसिमा रूँदै छौ की टोलाएर मेरी आमा
भक्कानिदै मेरै फोटो समाएर मेरी आमा
महिना अनि बर्षौसम्म नर्फकदा निरास हुदै
हेर्दै छौ की बाटो आँखा बिछ्याएर मेरी आमा

सताउँदा साहुहरूले ढिला हँुदा ऋृण तिर्न
भोकै मेला नजानु है डराएर मेरी आमा
सयौं छोराछोरी छन् अलपत्र प्रवासमा
साहुको ऋृण तिरीसँगै फिरूला है मेरी आमा

फेरिपनी
आयो आमा सधै झै आमाको मुख हेर्ने दिन
तर आउँन पाईन मेरी आमा
यसपाली नि घर फर्किएर
छोराछोरी आउलान् भनी बाटो हेरी नबस्नु है मेरी आमा

अर्को साल
छिटै घर फर्की आउँनेछु मेरी आमा
सम्पूर्ण आमाहरूलाई मातातिर्थ औंशीको शुभकामना ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!