
लकडाउनको त्यो लामो समय
अनि गुमेको रोजगारी
खाली खल्ती र भोको पेटमा
लात हान्ने कस्तो प्रजातन्त्र
ल्यायौ र सरकार।
जनता मरिरहेको बेला
औषधिमा भ्रष्टाचार गर्ने
सीमा पारी रोइरहेका जनताको
वास्ता नगर्ने आखिर कस्तो
प्रजातन्त्र ल्यायौ र सरकार।
भोक लाग्यो भन्दा खान दिने
घर बाहिर निस्किन हुन्न भनी
चेतना जगाउने
अनि घर-घरमा अन्न पुर्याउने
अभियान्ताबाट कमिसन नपाउदा
यस्तो काम गर्न हुन्न भनी
बन्द गराउने
आखिर कस्तो
प्रजातन्त्र ल्यायौ र सरकार।
मैले पढेको प्रजातन्त्रमा त
आधारभूत आवश्यकता
अनि स्वतन्त्र आवाज हुन्छ, थियो
कि च्यातियोस
ती संविधानका पानाहरु
कि परिवर्तन गर
प्रजातन्त्रको नाममा निरङ्कुश
तिम्रा ती व्यवहारहरु।