लघु कथाः सरु
परीक्षा हलबाट निस्कनासाथ मैले उसलाई फोन गरे ।
“हेल्लो ! तिमी कहाँ छौ ?” मेरो प्रश्न ।
“गेट बाहिर छु ।” उसको जबाफ ।
परीक्षा लेखिसकेर बाहिर निस्कनेहरुको भिडबाट म स्कुलको गेटतिर लम्कदै थिए । वरिपरि थुप्रै मान्छेहरु थिए तर पनि म एक्लै भए झै कोहीसँग नबोली अघि बढेँ । परीक्षाका विषयमा समूह-समूहमा भएका छलपmलमा मैले कुनै चासो देखाइन । कोही परीक्षा बिग्रियो भन्दै थिए । कोही परीक्षा ठीकै भयो भन्दै थिए ।...
























