झमकलाल दाहाल

 

झमकलाल दाहाल, चौबिसे गाउँपालिका–३ करुले तेनुपा, धनकुटा

सुन सुन दाजु भाइ
म केही भन्छु
कोरोनका बारेमा केही कहन्छु
२०७६ देखि कोरोना भाइरस आयो
सारा विश्व जगतले धेरै दुःख पायो।

सर्परुपि कोरोना आयो
मर्ने होकि डसेर
दिन बित्यौ घरैमा बसेर
सहर बजार सबैतिर हाहाकार भएको
मानिस धेरै लुकिछिपि गाउँमा गएको
कुरा सुन्दा मेरो पनि मनै हुन्छ शिरिङ्ग
साच्चै कोरोना लाग्यो भने!
जिउ नै जिरिङ्ग।

दिनमा लाग्छ झलमल घाम
बतास सरर..!
राक्षसरुपि कोरोना आयो
संसारै थरर..!
घरभित्रै बसेर
कोरोनाबाट बच्ने हो
छल्नु नि के ले यो ठुलो सङ्कट
सबैलाई गाल्ने भो
राक्षसरुपि कोरोना आइ
थला पो पार्लानी
डाक्टर, तान्त्रिक खै कसले यसलाई
खुत्रुक्कै मार्लानी।

घर भित्र बस्दा नि
शान्ति छैन मनमा
भागौ भने भाग्ने ठाउँ
कतै देखिदैन
छेकौ भने कोरोनालाई
काहि देखिदैन।

खप्नै गाह्रो भो हरि खप्नै गाह्रो भो
लकडाउन थपिरहेछ खप्नै गाह्रो भो
कोरोनाकोभन्दा पनि लकडाउनको पिर
गरिबलाई सुविधा छैन आखिर
भैमा झरन हरि भैमा झरन
राक्षसरुपि कोरोना आइ झम्टिदैछ
हे..! हरी हाम्रो रक्षा गरन।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!