- कैलाश ढुंगाना
कैलाश ढुंगाना,  चौबिसे–३ कुरुले तेनुपा, धनकुटा

अदृष्य ती चित्रहरु
काल्पनिक रेखाहरुलाई मुसार्दै
हाँसोका ती खित्काहरु छाडेर
सुस्तरी–सुस्तरी धड्कनमा
निगालेको यो जीवनको सवाल
चम्काउनु छ, लम्काउनु छ
यो धरतीको माटो ।

अनिश्चित ती बाटोहरु
धमिलो बत्तिका किरणले चियाएर हेर्दा
विछिप्त मनहरुलाई तान्दै
अन्योलताको खाडलमा
गल्र्याम्म हुत्याएर पुगेको जीवन
यो धरतीको माटो ।

Advertisement

मातृत्वको यो वात्साल्यतामा
बतास्सिएका ती धुलोका कणहरुलाई
च्याप्प पञ्जामा पर्दापण गरी
सिन्दुर र टीका लगाएर
चम्काउनु छ, लम्काउनु छ
यो धरतीको माटो ।

चोइटिइका आमाका ती मनहरु
चत्किएका बाबुका ती तनहरु
अताल्लिएका ती बेनामी चौतारीहरु
विवेकशिलताको समाधीबाट बिउँतिएका
समृद्धताको दलानमा बसी
चमचमाउँदो किरणसँगै
चम्काउनु छ, लम्काउनु छ
यो धरतीको माटो ।

अनौठा ती सपनाका ढुकुटीहरु
हिमचुली चुचुरोका विशमतालाई
गगनचुम्बी महलहरुको सयलतामा
अनेकतामा एकताको मनोदृश्यसँगै
विडुलीएको तिम्रो भुतत्व
चम्काउनु छ, लम्काउनु छ
यो धरतीको माटो ।

राष्ट्रियताको मुहानसँगै
दौडिरहेका ती कौतुहलताहरु
निश्वार्थी ती कोखहरुमा
च्च्यिाइ रहेका छन्
विर गोर्खाली, नेपाल आमा, हाम्रो देश अनि
शहिदहरुको रगत
चम्काउनु छ, लम्काउनु छ
यो धरतीको माटो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!