
चौबिसे–३ कुरुले तेनुपा, धनकुटा
‘बा’, मलाई नौटङ्की लाग्यो
देश बेच्ने की जोगाउने ?
वीर नेपाली गोर्खालीको यो देश
आज निम्सरा जनता बनायौ
खान, बस्नको बेटुङ्गो बनाएर
जनतालाई आर्यघाटमा भेट्न आउनु ल ?
भोट माग्न, भाषण सुनाउन
देश प्रेमको भजन सुनाउन
अनि रोजगारी दिन प्रेतात्मा घर आउनु हुस् ?
‘बा’ का छोरा–छोरी हुन नसकेकोमा चिन्ता छ,
मलाई सिटामोल खान मन थिएन,
मलाई खोप लगाउन मन थिएन,
मलाई ‘बा’ सँगसँगै बस्न मन थियो
मलाई माया ममताको खाँचो छ
तर, खै ‘बा’ ले वास्ता नै गर्नुहुन्न
त्यसलै मलाई औषधि माड लिएर
आर्यघाटमा आउनु ल ?
बाँच्ने रहर छ ‘बा’ हिड्ने पनि रहर छ,
बोल्ने रहर छ ‘बा’ खेल्ने पनि रहर छ ।
सगरमाथालाई माया गर्छु, बुद्धलाई पनि
कालीलाई माया गर्छु, मेचीलाई पनि
गाउँलाई माया गर्छु, शहरलाई पनि
कोशीको पनि माया छ, गण्डकीको पनि
तर, म विवश छु, विवश पार्नु भयो,
त्यसैले मलाई भेट्न आर्यघाट आउनु ल ?
‘बा’ म र आर्यघाटको घनिष्ट सम्बन्ध छ,
‘बा’ लाई देश बेच्ने, सत्ता र कुर्सीको मोह छ
‘म’ मा देशप्रेम, राष्ट्रभक्ति र नैतिकताको मोह छ ।
‘म’ मा माया, प्रेम र ममता छ, तर ‘बा’ मा खै ?
त्यसैले मलाई भेट्न आर्यघाट आउनु ल ?