नैतिक संकटमा प्रधानमन्त्री, राजीनामा वा अविश्वास प्रस्ताव सामना
काठमाडौं । प्रतिनिधिसभा विघटनको कदम सर्वोच्च अदालतबाट बदर भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि नैतिक संकट उत्पन्न भएको छ । अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि प्रधानमन्त्री ओलीसँग राजीनामा दिने वा अविश्वास प्रस्ताव ‘फेस’ गरेर जाने दुई विकल्प रहेको कानुनज्ञाता तथा राजनीतिज्ञ बताउँछन् ।
संसद् विघटन गर्नुअघि नै ओलीविरुद्ध संसद्मा अविश्वास प्रस्ताव दर्ता भइसकेको छ । सर्वोच्चले मंगलबार साँझ ...






























